कांग्रेस बैठकः चुनावअघि गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव पारित

कांग्रेस बैठकः चुनावअघि गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव पारित
+
-

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाई एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्‍याउने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा उपसभापति र महामन्त्रीद्वयले राखेको, नीतिगत, सांगठनिक र समयसामयिक प्रस्तावउपर छलफल भएको बताए।

उनले महामन्त्री गगनकुमार थापाको निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्तावमाथि छलफल भई सोही दिशामा अघि बढ्ने निर्णय भएको बताए। उनले कांग्रेसको संगठनलाई चुस्त, दुरुस्त रुपमा गाउँगाउँमा पुर्‍याउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको बताए।

सक्रिय सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता दिनेबारेमा पनि निर्णय भएको छ। त्यस्तै, चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने निर्णय भएको जानकारी दिए। उनले महाअधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय भएको बताए।

महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा उल्लेखित एग्जिट पोलिसीको सम्बन्धमा छलफल गर्दा निर्णय गर्न केन्द्रीय समितिले आवश्यक नठानेको र संविधानसँग पनि जोडिने भएकाले संविधान संशोधनका क्रममा छलफल अघि बढाउने निर्णय भएको उनले जानकारी दिए।

बैठकमा समसामयिक, राजनीतिक, आर्थिक अवस्था, जनताका आवश्यकतालगायतका बारेमा पनि छलफल र निर्णय भएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?