खोप विकासमा आयुर्वेदिक दृष्टिकोण

खोप विकासमा आयुर्वेदिक दृष्टिकोण
+
-

आधुनिक विज्ञान अन्तर्गत भइरहेको रोग प्रतिरोधी शक्ति निर्माण गर्ने विभिन्न प्रकृतिको खोप विकासका प्रयासहरूलाई आधुनिक औषधिमा आयुर्वेदिक दृष्टिकोणको फ्युजन हो। प्रयोगशालामा खोप विकास गर्ने प्रयासहरू कुनै सफल हुन्छन् भने कुनै विफल। तर समग्रमा त्यसको रोग प्रतिरोधी क्षमता विकास गर्ने रणनीति आफैमा भने आयुर्वेदिक रणनीति लाई नै आधुनिकीकरण भएको भनी मान्नु पर्ने हुन्छ।

मानव स्वास्थ्यको सन्दर्भमा राखिने आयुर्वेदिक दृष्टिकोण अन्तर्गत जीवनशैलीका अभ्यासहरू, आहार, र जडीबुटी उपचारहरू मार्फत रोगको रोकथाममा जोड दिने गरिन्छ जसको उद्देश्य बलियो प्रतिरक्षा निर्माण गर्दै शरीरको निश्चित स्थानमा भएको त्रुटि युक्त सञ्चालन प्रक्रियाको मर्मत मार्फत सच्चाउनु, सुधार गर्नु र समग्र सन्तुलनको पुनर्स्थापना गर्नु हो। यस्तै गरी, खोपहरू रोगहरू रोक्नका लागि विकास गरिन्छ। शरीरको प्रतिरक्षा प्रतिक्रियालाई वास्तविक रोग निम्त्याउने बाहकहरूको सामना गर्नुभन्दा पहिले नै रोग निम्त्याउने बाहकहरू विरुद्ध लड्ने तालिम दिएर त्यसलाई परास्त गर्ने क्षमता विकास गरिन्छ।

आयुर्वेदमा जस्तै खोप विकासको क्रममा समग्र स्वास्थ्य निर्माणमा अधिक ध्यान दिने गरिन्छ। आयुर्वेदमा शरीरका ऊर्जा र शरीरका प्रणालीहरूको समग्र सन्तुलन हेरिँदै गर्दा त्यस अन्तर्गत समेत खोपले गर्ने जस्तै विशिष्ट खतराहरूको विरुद्ध प्रतिरक्षा प्रणालीलाई चुस्त बनाउने तयारी समावेश हुन्छ। आयुर्वेदमा जस्तै सबै खोप चिकित्साका अभ्यासहरूले स्वीकार  गर्ने गर्दछ कि  सबै उपचारहरू सबैका लागि काम गर्दैनन्। तर निरन्तर प्रयास र समायोजन अनिश्चित बनिरहेको उपचार विहीनता र समग्र स्वस्थको पुनर्स्थापना हुन नसकिरहेको अवस्थामा सम्भावित उपचारको विधि वा प्रक्रिया विकास गर्न महत्त्वपूर्ण ठानिन्छ।

जस्तै खोपको विकासको क्रममा निकै दिक्दार लाग्दो कडा परीक्षण, असफलताहरूबाट सिक्ने र सफल खोप विकास नभए सम्म पुरानो खोप विकास गर्दै गर्दा प्राप्त भएको अनुभव वाट सिक्ने र त्यसको समेत सदुपयोग गरेर आफूले लक्षित गरेको उद्देश्य प्राप्त नहुँदा सम्म फेरी अनि फेरी खोपको विकास गर्ने प्रयास जारी राख्ने दृष्टिकोण अवलम्बन गरिन्छ।

परम्परागत आयुर्वेदिक उपायहरू समेत यही विधिबाट लामो समयमा विकास भएका हुन्।

समग्रमा  खोप विकासको प्रक्रिया, यसको समग्र स्वस्थ निर्माण र रोकथाममा केन्द्रित उपचार पद्धति आयुर्वेदिक सिद्धान्तहरूलाई वैज्ञानिक सन्दर्भमा अलि छिटो खोजेको लक्ष भेटिने गरी अवलम्बन गरिने आधुनिक वैज्ञानिक उपायको रूप हो। आयुर्वेदमा आधारित ओखती र खोपमा आधारित उपचार पद्धति दुवैले अवलम्बन गर्ने  साझा  दृष्टिकोण तथा लक्ष्य मानव समग्र स्वास्थ्यलाई अहिंसा युक्त मार्ग मार्फत  सुरक्षित राख्नु, सुधार गर्नुमा नै केन्द्रित हुने गर्दछ। यद्यपि तिनीहरूको विकास हुने विधिहरू र सन्दर्भहरूमा निकै भिन्नता हुने गर्दछ।

आयुर्वेद र आधुनिक औषधि विज्ञानको आधारभूत दर्शन र पद्धतिहरूलाई पहिचान गरी मध्यमार्गी उपाय मार्फत समग्र मानव कल्याणको सुधार गर्ने साझा उद्देश्य लिएर काम गर्नको लागि वेद र विज्ञानको नीति अन्तर्गत मानव कल्याणमा लाग्न चाहनेहरूको लागि यो यथार्थको मनन गर्नु अत्यन्त महत्त्वपूर्ण हुने छ।

यसलाई अलिकति विस्तृत रूपमा चर्चा गर्दा आयुर्वेद अन्तर्गत शरीरमा प्रतिरक्षा प्रणाली विकासको अवधारणा “ओजस” सँग सम्बन्धित छ।

आयुर्वेदले जीवन्तताको सार र प्रतिरक्षाको आधारका रूपमा ओजसको परिभाषा दिने गर्दछ। जीवनलाई धान्ने र शरीरको बल, ऊर्जा, र प्रतिरक्षा प्रणालीलाई कायम राख्ने सूक्ष्म सार ओजस हो भन्ने आयुर्वेदको ठम्याइ छ। ओजसलाई आयुर्वेदिक ग्रन्थहरूमा खानाको अवशोषण, पाचन र मेटाबोलीजम प्रक्रिया पछि प्राप्त हुने अन्तिम उत्पादनको रूपमा चित्रित हुने गर्दछ। जहाँ खानाका सबै पोषक तत्त्वहरू शरीरद्वारा पूर्ण रूपमा अवशोषित र रूपान्तरण गरिएर एउटा सारतत्वको निर्माण भएको हुन्छ। आयुर्वेदमा त्यही सारतत्व वा ओजस शारीरिक बल, मानसिक स्पष्टता, भावनात्मक स्थिरता, अध्यात्म र समग्र कल्याणको ऊर्जाको स्रोत रहेको ठानिन्छ।

बलियो ओजस भएका व्यक्तिहरूको शरीरमा बलिष्ठ प्रतिरक्षा, मानसिक स्पष्टता र समग्र स्वास्थ्यको स्थापना मार्फत सन्तुलित स्वस्थ निर्माण हुने विश्वास गरिन्छ। शरीर तथा प्रकृति मैत्री सोच, आहार, जडीबुटीहरूको सेवन र जीवनशैली समायोजन भएका अभ्यासहरू लाई आयुर्वेदिक जीवन शैली भन्दै ओजस आयुर्वेदिक जीवन शैली भित्र व्यक्तिलाई भौतिक, मानसिक र आध्यात्मिक रूपमा बलिष्ठ बनाउन जरुरी हुने शरीरको प्राकृतिक रक्षा संयन्त्रहरू सुदृढ पार्नमा अधिक केन्द्रित हुने विश्वास गरिन्छ।

आयुर्वेदले जीवन्तताको सार र प्रतिरक्षाको आधारका रूपमा ओजसको परिभाषा दिने गर्दछ। जीवनलाई धान्ने र शरीरको बल, ऊर्जा, र प्रतिरक्षा प्रणालीलाई कायम राख्ने सूक्ष्म सार ओजस हो भन्ने आयुर्वेदको ठम्याइ छ। ओजसलाई आयुर्वेदिक ग्रन्थहरूमा खानाको अवशोषण, पाचन र मेटाबोलीजम प्रक्रिया पछि प्राप्त हुने अन्तिम उत्पादनको रूपमा चित्रित हुने गर्दछ।

आधुनिक खोपहरू जस्तै कोभिड-१९ को लागि विकसित गरिएका खोपहरू समेत  शरीरको प्राकृतिक रक्षा संयन्त्रहरू सुदृढ पार्नमा अधिक केन्द्रित हुने आशयमा विकसित गरिएको खोप थियो। कोभिड-१९ को शरीरमा सङ्क्रमण गर्ने रोगजनक रोगाणु भाइरसको निष्क्रिय वा कमजोर भाग लाई खोपको रूपमा शरीरमा पठाएर त्यस बारे शरीरको प्रति-रक्षा प्रणाली लाई जानकारी उपलब्ध गराएर रोगको सङ्क्रमण विरुद्ध लड्ने शरीरका  संयन्त्रहरू लाई त्यसको विरुद्ध लड्न तालिम दिएर सक्षम गर्नु थियो।

यसले गर्दा प्रतिरक्षा प्रणालीले भविष्यमा वास्तविक रोगजनक रोगाणु भाइरसको सामना गर्नु पर्दा त्यसलाई मौकामै चिनेर लड्न र त्यसको सङ्क्रमणलाई विफल पार्न तयार बनाउनु थियो। यस प्रकारले प्रतिरक्षा प्रणालीलाई अहिंसा रुपी प्रशिक्षण दिने र समग्र स्वास्थ्यको सुरक्षा र सन्तुलनको कायमको लागि प्राकृतिक रूपमैशरीरको रक्षा प्रणालीहरूलाई क्रमिक रूपमा बलियो बनाउने रक्षात्मक  विधि आयुर्वेदिक अवधारणाको आधुनिक वैज्ञानिक रूपान्तरणको रूप नै हो।

आयुर्वेदिक अवधारणा र वैज्ञानिक खोप विकास बिचको निवारक दृष्टिकोणमा समानता अन्तर्गत आयुर्वेद र आधुनिक खोप दुवैले उपचारको सट्टा रोकथाममा जोड दिन्छन्। आयुर्वेदले प्रतिदिनका अभ्यासहरूलाई सिफारिस गर्छ जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । जबकि खोपले भविष्यको सङ्क्रमणहरू रोक्नका लागि प्रतिरक्षा प्रणालीलाई तयार पार्छ। शरीरलाई प्रशिक्षण दिने सन्दर्भमा आयुर्वेदमा विभिन्न जडीबुटी र अभ्यासहरूले शरीरलाई तनावका कारकहरू सँग राम्रोसँग सामना गर्न “प्रशिक्षण” दिन्छ। वैज्ञानिक रूपमा विकसित खोपले प्रतिरक्षा प्रणालीलाई विशिष्ट रोगजनक रोगाणुहरू (कीटाणु तथा विषाणु) लाई चिनेर लड्न प्रशिक्षण दिने गर्दछ। दुवै विधिमा केही हद सम्म उपचारको समानअवधारणा भेटिन्छ।

खोप र आयुर्वेदिक उपचार प्रणालीहरू दुवैको उद्देश्य समग्र कल्याण हो। आयुर्वेदमा भलै शरीर, मन र आत्माको सन्तुलनद्वारा समग्र स्वास्थ्य खोजिन्छ। खोपले आयुर्वेदकै मान्यता भित्र पर्ने रोगको कारक लाई रोक्ने, दीर्घकालीन स्वास्थ्यलाई बढवा दिने प्राकृतिक प्रतिरक्षाद्वारा प्रणालीको विकास गर्ने अहिंसा युक्त उपाय आधुनिक वैज्ञानिक ज्ञान वा अविद्याको उपयोग गर्दछ।

आधुनिक खोपहरू निर्माणमा भलै  प्रत्यक्ष रूपमा आयुर्वेदिक सिद्धान्तहरू पालना हुने गर्दैन तर तिनीहरूले शरीरको प्राकृतिक रक्षा प्रणालीलाई सुदृढ पार्ने व्यापक आयुर्वेदिक अवधारणासँग मेल खाने अवधारणा अवलम्बन गरेको हुन्छन्।  खोपहरूले कार्य गर्ने अवधारणा र दृष्टिकोण लाई आयुर्वेदिक प्रतिरक्षा वृद्धिको सिद्धान्तको आधुनिकीकरण नै हो। मानवता र मानव सेवामा लाग्ने समान उद्देश्य बोकेकाहरू आयुर्वेदिक अभ्यासकर्ता र आधुनिक वैज्ञानिकहरू बिच खोपको उपचार पद्धतिको अवधारणाले आपसी  अनुसन्धानात्मक संवाद मार्फत  अनुसन्धान र सह-कार्य गर्ने मजबुत जग निर्माण गर्ने सहायक हुने छ। जुन आशयको लागि वेद र विज्ञान जस्ता पहलहरू समर्पित छ।

संक्षेपमा, खोपहरू र आयुर्वेदिक अभ्यासहरूका फरक फरक विधिहरू भए पनि, तिनीहरूको साझा लक्ष्य प्रतिरक्षा प्रणालीलाई सुदृढ पार्नु हो। खोपको उपचार विधिहरूलाई आयुर्वेदिक अवधारणाको पूरकको रूपमा लिन सक्दा परम्परागत र आधुनिक स्वास्थ्य दृष्टिकोणलाई जोड्ने महत्त्वपूर्ण सेतु बन्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?