नेपालको कृषि क्षेत्रको समुन्नतिका लागि काम गर्छुः इजरायलका लागि प्रस्तावित राजदूत पण्डित

नेपालको कृषि क्षेत्रको समुन्नतिका लागि काम गर्छुः इजरायलका लागि प्रस्तावित राजदूत पण्डित
+
-

काठमाडाैँ – जरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

सोमवार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले सो कुरा बताएका हुन् प्रस्तावित राजदूत पण्डितले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माणमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे।

सकेसम्म सबै प्रदेशमा इजरायल सरकारको सहकार्यमा कृषि केन्द्र स्थापना गरी नेपालको कृषि क्षेत्रको समुन्नतिमा आफूले काम गर्ने उनको भनाई थियो। प्रस्तावित राजदूत पण्डितले नेपालले कृषि क्षेत्रलाई समुन्नत बनाउन सके ठूलो उपलब्धि हुने आफूले देखेकाले सोही उद्देश्य पूरा हुने गरी आफूले काम गर्न चाहेको पनि बताए।

उनले भने,‘मेरो सेलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तिमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर ज्वयन्टी काम गर्नसक्यौं भने इजरायली टेक्नेसियन पनि ल्याएर काम गर्नेछाँै। इजरायलीहरुले नेपालीहरुको आफ्नो देशमा गएपछि अल्छी हुन्छन् भनेको मैले सुनेको छु। सकेसम्म हामी नेपालको कृषिलाई मात्रै समुन्नत बनायौँ भने एउटा ठूलो काम हुनेछ। त्यसका लागि आइटी, कृषि र पर्यटन ३ वटा विषयलाई विशेष ध्यान दिनेछु।’

प्रस्तावित राजदूत पण्डितले आफूले इजरायल र हमासबीचको युद्धविराम गराउनका लागि पनि कूटनीतिक पहल गर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?