
काठमाडौं- अक्टोबर मा नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजानिक भएको छ। सार्वजानिक भएको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा भुटानको सामना गर्ने छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा भुटानसँगै माल्दिभ्स र श्रीलंका रहेका छन्। पहिलो खेल दशरथ रंगशालामा भुटानसँग १८ अक्टोबरमा खेल्ने छ।
त्यस्तै नेपालले दोस्रो खेल २१ अक्टोबरमा माल्दिभ्ससँग खेल्दा समूहको तेस्रो तथा अन्तिम खेल २४ अक्टोबरमा श्रीलंकासँग खेल्ने छ। साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ए मा छन्। भारत र पाकिस्तानबीचको पहिलो खेल अक्टोबर १७ मा हुने छ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल अक्टोबर ३० मा हुने छ।
यस्तो छ खेल तालिका