वीरगन्ज – आमासँगै नुहाउन गएको बेला आइतबार दिउँसो पर्साको जगरनाथपुर गाउँपालिका स्थित नदिमा डुबेर दुई जना बालकहरुको मृत्यु भएको छ।
जगरनाथपुर गाउँपालिका–५ मसिहानी स्थित सिक्टा नदिमा डुबेर भारत घर भइ मसिहानीमा मामघरमा बस्दै आएका दुई बालकको डुबेर मृत्यु भएको हो।मृत्यु हुनेहरूमा भारत बिहार बेतिया बनकटवाका रितेश ठाकुरका १० बर्षका छोरा गुलशन ठाकुर र बिहार सिक्टाका अनरजित पटेलका छोरा ८ बर्षका अभिषेक पटेल रहेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिए।
दुबै जना बालक हरु ऋषि पन्चमी पर्बको अवसरमा आमा संगै नुहाउन सिक्टा नदिमा गएको बेलामा डुबेको उनले बताए। दुबै जना बालकको शब पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।