सातै प्रदेशका मुख्यमन्त्रीको भेला आज पोखरामा

सातै प्रदेशका मुख्यमन्त्रीको भेला आज पोखरामा
+
-

पोखरा – सातै प्रदेशका मुख्यमन्त्रीको भेला बिहीबार पोखरामा हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुन लागेको हो ।

विशेष गरी भेलामा मुख्यमन्त्रीहरुले कार्य सम्पादनमा देखिएका समस्या, ठूला आयोजना, परियोजना र अनुदानको विषयमा छलफल गर्ने छन् ।

भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अन्तर परिषद बैठक बस्दैछ । परिषदको अघि हुन लागेको सातै प्रदेशका मुख्यमन्त्रीको भेलालाई अर्थपूण रुपबाट हेरिएको छ । परिषदमा सातै प्रदेशको सामूहिक एजेण्डा बनाउने बारे छलफल हुने जनाइएको छ ।

प्रदेश सरकारको अधिकारको सवालमा संघीय सरकारबाट सहयोग नभएको भन्ने गुनासो गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बाले गर्दै आएका छन् ।

अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकारबाट सहयोग हुन नसकेको आरोप प्रदेशका मुख्यमन्त्रीको रहेको छ । भेलाले परिषदको बैठकमा सामूहिक रुपमा एजेण्डा तयार पारेर प्रस्तुत हुने गृहकार्य गरिरहेको छ ।

बिहीबार बिहान ९ बजेबाट होटल ग्राण्डमा हुने भेलाका लागि प्रदेश १, २, ३ का मुख्यमन्त्री पोखरा आइपुगिसकेका छन् भने प्रदेश ५, ७ र कर्णाली प्रदेशका मुख्यमन्त्री काठमाडौँ विमानस्थलबाट आउने तयारी भएको र मौसमका कारणले ढिलाइ भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?