रारा विमानस्थलमुनिका दर्जनौँ बस्ती पहिरोको उच्च जोखिममा

रारा विमानस्थलमुनिका दर्जनौँ बस्ती पहिरोको उच्च जोखिममा
+
-

मुगु– मुगु जिल्लाको सदरमुकाम गमगढी भन्दा आधा घण्टा पैदल दुरीमा रहेका छायाँनाथरारा नगरपालिका वडा नं ९४ का दर्जनौँ बस्ती पहिराको उच्च जोखिममा परेका छन्।

रारा विमानस्थल ताल्चा पिच भएसंगै बर्षातको समयमा बिमानास्थलको पानी बुका खोला,लेत्याखोला बुद्या खोलामा मिसाईएकाले रारा विमानस्थल ताल्च मुनिका दर्जनौ बस्तीहरू पहिरोको उच्च जोखिमामा परेका हुन्।

२०७२ सालमा ५ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ भएको रारा विमानस्थल पिच हुनुका साथै त्यहाँ बाट बग्ने नहरहरु बुका खोला, लेत्याखोला बुद्या खोलामा मिसाईएकाले विमानस्थलबाट बग्ने पानिले विमानस्थलमुनिका बस्ती पहिराको उच्च जोखिममा रहेका छन। यि खोलामा आउने बाढी पहिरोले सयौ बिगाहा जमिन कटान गरेको र धेरैका घर बगाई सकेको छ।

पानी नै नआउने खोलामा हिजो आज पानी खलखल बगेको देखिन्छ। बाढी संगै पहिरोको त्रासका कारण खोला आसपासका स्थानीय रातभर जागा बस्न बाध्य छन्।

विमानस्थल बाट बग्ने पानिले खोला आसपासमा प्रति बर्ष यसरी नै खेतयोग्य जमिन कटान गदै जाने हो भने विमानस्थलको भविश्य पनि संकटमा पर्ने देखिन्छ।

अहिले पनि विमानस्थलको उत्तर तिर जमिन भाँसिएको छ। विमानस्थल मुनि पहिरो जार्दै गर्ने हो भने विमानस्थल पनि संकटमा पर्ने र खोलाले बर्षेनी कटान गदै जाने हो भने यसबाट शिरमा रहेको राराताल पनी संकटमा पर्ने स्थानीयको भनाई छ।

रारा विमानस्थलबाट निस्कीएको मुख्य पानी बग्ने बुकाखोला किनाराका बस्तीहरु पाटपटेनी, मुश्याचौर, माथिल्लो कालपाल्त, तल्लो कालापाल्त, कोष, दोवाट, कालाजुर लेत्याखोला किनारका बस्तीहरु, ढुमालेख, डाँडाजिउला, टहधारा र बुद्याखोला किनारका बस्तीहरु गिमखोला जुक्याना गाउँ खत्याडीकोट, गमगाढाको पावर हाउस लगायतका क्षेत्रहरु पहिरोको उच्च जोखिममा रहेका छन।
विमानस्थल पिच भएको र त्यहाँ बाट बग्ने नहर बुकाखोलमा मिसाईएको छ भने अन्य लेत्याखोला, बुद्याखोलामा त्यसको विभिन्न क्षेत्रबाट बग्ने पानीका कारण विमानस्थल मुनिका दजनौ बस्ती पहिरोको जोखिमा परेका छन्।

यति मात्र हैन गमगढी बालै राताचौर हुर्दै पिना जोड्ने सडकपनि जोखिममा छ। यो सडक हुदै छायाँनाथ रारा नगरपालिका वडा नं ४,६,७,८ का बिद्यार्थी,स्थानीय जोखिम मोलेर सदरमुकाम गमगढी आउने गरेका छन्।

गमगढी आउने अन्य कुनै बिकल्प नभए पछि जोखिम मोलेर भए पनि सदरमुकाम जानुपरेको स्थानीयबासीको भनाई छ।
अबिरल वर्षा कारण सो क्षेत्रका बिभिन्न स्थानमा जमिन भासिँदा आफूहरू रातभर जागा बस्नु परेको छायाँनाथ रारा नगरपालिका ४ का स्थानीय जङ्गबहादुर भामले बताए। उनि भन्छन पानीसँगै आउने बाढीले ताल्चा बिमानस्थल तलका बस्तीमा ९ बर्ष देखि दिन प्रतिदिन यस्तो समस्या थपिँदै गएको छ।

विमानस्थलको पानिले गर्दा बुका खोलाले सयौ बिगाह जमिन पनि कटान् भैसकेको छ। खेतीयोग्य जमिन अन्न बाली समेत बगाएको छ।
खोलाको आसपासका बस्ति जोखिममा परेका भएपनी यस प्रति कसैले ध्यान नदिएकाले समस्या बर्षेनि समस्या बल्लझिदै गएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मी प्रसाद भामले बताए।  उनी भन्छन्, ‘खोलाले खेतीयोग्य जमिन पनि बर्षेनी यसरीनै कटान गर्ने हो भने दजनौ बस्ती पनि नरहने बस्ती सार्नुको विकल्प छैन।’

लगातार आएको अबिरल वर्षा संगै खोलामा आएको बाढिकै कारण सो क्षेत्रका स्थानिय बासिन्दा रातभर जाग्रम बस्नु परेको गुनासा, ताल्चा विमानस्थलले निम्त्याएको विपित्तीका बारेमा समस्या समाधान गर्न सम्बन्धित सरोकारवाला निकाया लाई मंगलबार वडाको तर्फ बाट ध्यानाकर्षण पत्र बुझाएका छौ अध्यक्ष भामले भने।

मानविय तथा प्राकृतिक विपत्ती ठुलो छ। स्थानीय सरकारले समस्या समधान गर्न नसक्ने देखिएकाले संघिय सरकार प्रदेश सरकारको आवश्यकता अपरिहार्य देखिएकाले समस्या समाधानका लागि संस्कतिक पर्यटन तथा नागरिक उड्यन मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सुर्खेत,लाई ध्यानाकर्षण गराउदै रारा नागरिक उड्यन कार्यालय ताल्चा र जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकषर्ण गराईएको अध्यक्ष भामले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?