मन्त्रालयको जग्गा खोज्न मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

मन्त्रालयको जग्गा खोज्न मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
+
-

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य निकाय तथा अस्पताललाई मन्त्रालयको जग्गा खोज्न निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालय मातहतका २४ स्वास्थ्य संस्थालाई जग्गाको विवरण तथा उपभोगको अवस्था खोजेर पठाउन निर्देशन दिएको जानकारी दिए।

उनका अनुसार स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, भेरी अस्पताल, राष्ट्रिय स्वास्थ्य  तामिल केन्द्र, कोशी अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, नारायणी अस्पताल, कान्ति अस्पताल, किटजन्य रोग अनुसन्धान, तालिम केन्द्रलगायत स्वास्थ्य संस्था रहेका छन्।

‘ती स्वास्थ्य संस्थालाई जग्गाको अवस्था के छ? अन्य निकाय वा व्यक्तिलाई उपभोग वा लिजमा उपलब्ध गराएको छ वा छैन? र उपभोग वा लिजमा उपलब्ध गराएको भए के कुन मितिमा कति जग्गा कुन व्यक्ति वा निकायलाई के कुन शर्तमा उपलब्ध गराएको छ, सो सबै स्पष्ट खुलाइ पठाउन आग्रह गरिएको छ,’ प्रवक्ता डा बुढाथोकीले भने।

प्रवक्ता डा बुढाथोकीका अनुसार सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि मन्त्रालयले प्रशासन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ। मन्त्रालय निकायका नाममा रहेका जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको थाहा भएमा त्यसको जानकारी मन्त्रालयमा आएर वा पत्राचारद्वारा जानकारी गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?