मेयर र वडाध्यक्षबीच भागबन्डाको कुरा नमिल्दा बजेट ल्याउन सकस, कर्मचारीले पाएनन् तलब

मेयर र वडाध्यक्षबीच भागबन्डाको कुरा नमिल्दा बजेट ल्याउन सकस, कर्मचारीले पाएनन् तलब
+
-

वीरगञ्ज- आर्थिक वर्ष सुरु भएको साढे दुई महिनाभन्दा बढी बितिसक्दा पनि पर्साको बहुदरमाई नगरपालिकाले अझै बजेट ल्याउन सकेको छैन।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा (६) मा नगर/गाउँसभाले १० असारमै स्थानीय पालिकाले बजेट ल्याई सक्नुपर्ने ब्यावस्था रहेको छ।

असार मसान्तभित्र उक्त बजेटलाई नगर सभाबाट पारितसमेत गर्नुपर्ने ब्यावस्था रहेको छ। तर, स्थानीयतहरूमा जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण पर्साको बहुदरमाई नगरपालिकाले अझै बजेट ल्याउन नसकेको हो।

आर्थिक वर्ष सुरु भएको लामो समय बित्दासमेत नगरपालिकाका मेयर सिंगासन साह तेली र वडाध्यक्षलगायतका जनप्रतिनिधिहरूबीच भागबण्डासहित कुरा नमिल्दा अहिलेसम्म बजेट आउन सकेको छैन।

चालु आर्थिक वर्षको बजेट ल्याउनमा ढिलाई गरेपछि बहुदरमाई नगरपालिकामा हुने विकास निर्माणका कामहरू ठप्प भएका छन् भने त्यहाँ कार्यरत रहेका कर्मचारीहरूले तलब भत्तासमेत पाउन सकेका छैनन। बजेट ल्याएर नगरसभाबाट पास गरेपछि मात्रै खर्च गर्नुपर्ने अवस्था रहेका कारणले बजेट नआउँदा विकास निर्माणसँगै अन्य भुक्तानीका कामहरू पनि रोकिएका छन्।

नगरपालिकाका कर्मचारीहरूले तलब नपाएको तथा हाल नगरपालिकामा भुक्तानी खर्चलगायतका कामहरू रोकिएको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले जानकारी दिए।

उनले आफूहरू बजेटको सम्पूर्ण तयारी गरिसकेको भएपनि जनप्रतिनिधिहरूका कारणले बजेट समयमा ल्याउन नसकिएको बताए। ‘हामीहरू सबै तयारी गरिसकेका छौं तर जनप्रतिनधिबीच नै कुरा मिलेको छैन। त्यही भएर बजेट अहिलेसम्म ल्याउन सकिएको छैन,’ उनले भने।

नगरपालिकाले नगरसभा समयमा नगरेका कारण वडामा हुने विकासका कामपनि प्रभावित भएको वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए। उनले नगरपालिकाका मेयर साहको मनोमानीका कारण बजेट ल्याउनमा ढिलाई भइरहेको दाबी गरेका छन्।

मेयर साहको एकलौटी ढंगले काम गर्ने प्रवृतीले गर्दा अहिलेसम्म बजेट नआएको यादवको भनाई छ।

यता नगर प्रमुख साहले आफू बिरामी रहेको र केही दिनमै बजेट ल्याउने तयारी भएको जानकारी बताउँछन्। उनले बजेट ल्याउनमा धेरै ढिलाई भएको स्वीकार गर्दै अबको केही दिनमै बजेट ल्याइने बताएका हुन्। ‘म बिरामी छु। अहिले बजेट चाँडे ल्याउछौं केही दिनमै,’ उनले भने।

साथै उनले नगरपालिकाका जनप्रतिनिधिबीच खासै ठूलो किसिमको विवाद नरहेको दाबी गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?