बाइडेन प्रशासनले युक्रेनका लागि थप सहयोग रकम पारित गर्ने सम्भावना न्यून

बाइडेन प्रशासनले युक्रेनका लागि थप सहयोग रकम पारित गर्ने सम्भावना न्यून
+
-

नयाँ राष्ट्रपतिको चयनअघि अब युक्रेनलाई अमेरिकाबाट थप सहयोग हुने सम्भावना कमजोर देखिएको छ। अमेरिकामा नजिकिँदो राष्ट्रपतिको निर्वाचन र आफ्नो कार्यकालको अन्तिम केही महिनामात्र बाँकी रहेको अवस्थामा राष्ट्रपति जो बाइडेनको प्रशासनले बाँकी चार महिने कार्यकालमा युक्रेनको लागि थप सहयोग रकम पारित गर्ने सम्भावना न्यून रहेको जनाइएको छ।

ह्वाइट हाउसले सिमित स्रोत साधनको प्रयोग गरेर कसरी कीभलाई सघाउन सकिन्छ? भन्नेबारे छलफल गरिरहेको छ। यसमा युक्रेनलाई केही पश्चिमी हतियारहरूको प्रयोगमा रहेका भौगोलिक सीमाहरू हटाउने सम्भावना पनि समावेश रहेको जनाइएको छ। सोही विषयमा छलफल गर्न यसै हप्ता विदेशमन्त्री एन्टोनी ब्लिन्केनले कीभमा गएका थिए।

बाइडेनका शीर्ष सहयोगीहरूले २० जनवरीसम्ममा नयाँ राष्ट्रपति ह्वाइट हाउसमा आउने हुँदा त्यसअघि युक्रेनले युद्ध जित्ने सम्भावना नहुँदा युक्रेनलाई सहयोगका विषयमा राष्ट्रपति हच्किएका हुन्। एक वरिष्ठ प्रशासन अधिकारीका अनुसार यो वर्षको अन्त्यसम्ममा यूक्रेनको रणनीतिक स्थितिलाई यथासम्भव सुधार गर्नु नै अहिले मुख्य लक्ष्य हो।

यो चुनौतीपूर्ण तब मानियो जब बिहीबार रसियाले कुर्स्क क्षेत्रमा ठूलो प्रत्याक्रमण गरेको घोषणा गर्यो। जसले बाइडेन प्रशासनको विदेश नीतिमा युक्रेनी युद्धलाई केन्द्रमा ल्याएको छ। बाइडेनले नेटो गठबन्धनलाई सुदृढ बनाएको र पश्चिमी मुलुकहरूलाई कीभको समर्थन गर्न एकत्रित गरेको नेतृत्वको प्रसंशा गर्दै आएका छन्।

बाइडेनले आफ्नो राष्ट्रपतिको सुरुवातमा तथाकथित ‘सधैंभरीका युद्धहरु’ अन्त्य गर्ने वाचा गरेका थिए। तर, अहिले उनको कार्यकाल समाप्त हुँदै गर्दा युक्रेनी युद्ध अझै जारी छ। उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव जितेमा उनी पनि युक्रेनको समर्थन कायम राख्न त्यहीँ सीमितताहरूको सामना गर्नुपर्ने बताइएको छ। तर, डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिए भने वासिङ्टनमा युक्रेनले नयाँ र सम्भवतः अनिश्चित परिस्थिति सामना गर्नुपर्ने हुनसक्छ।

यस हप्ताको राष्ट्रपतीय बहसमा ट्रम्पले युक्रेनको विजयलाई अमेरिकी हितमा छ वा छैन भन्ने प्रश्नलाई स्पष्ट पार्न अस्वीकार गरे। तर, चुनाव जितेपछि रूसी र युक्रेनी नेताहरूलाई वार्ता गर्न लगाएर साढे दुई वर्षदेखिको युद्ध तुरुन्त अन्त्य गर्ने वाचा गरे। तर, उनले कसरी दुवै पक्षलाई वार्तामा ल्याउने भन्नेबारे कुनै विवरण प्रस्तुत गरेनन्।

त्यसोत पछिल्लो समय लामा दूरीका हतियारहरूको प्रयोगका विषयमा युक्रेन अनुमति मागिरहेको छ। यसबीचमा युद्ध अझै अनिश्चित रहँदा आणविक शक्ति सम्पन्न रूससँगको टकरावको जोखिम बढ्दै गएको छ। राष्ट्रपति पुटिनले बिहीबार मात्र युद्ध युक्रेनसँग मात्र नभएको र नाटो प्रत्यक्ष संलग्न रहेको अभिब्यक्ति दिएका थिए। रुसभित्र हमला हुन थालेपछि पुटिनले यसको मूल्य नाटो सदस्य राष्ट्रहरुले भोग्नुपर्ने चेतावनी दिँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?