एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: एरिका र रोहित वर्ष उत्कृष्ट बन्दा कुन विधामा कस्ले मारे बाजी ?

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: एरिका र रोहित वर्ष उत्कृष्ट बन्दा कुन विधामा कस्ले मारे बाजी ?
+
-

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको एनएसजेएफ स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी करातेकी एरिका गुरुङ र क्रिकेटका रोहित पौडेल घोषित भएका छन्। वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा महिला तर्फ एरिका र पुरुष तर्फ रोहितले बाजि मारे।

एरिकाले गत वर्ष चीनमा सम्पन्न एसियन गेममा नेपाललाइ एतिहासिक रजत पदक दिलाएकी थिइन्। उनी एसियाडमा रजत पदक जित्ने दोस्रो खेलाडी बन्दा करातेमा सर्वाधिक उच्च पदक जित्ने खेलाडी बनेकी थिइन्।  उनले २०८० मा इन्डोनेसियाको जकार्तामा भएको सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक आफ्नो नाममा पारेकी थिइन्। उनले अवार्ड हात पार्ने क्रममा कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई पछि पारिन्।

वर्ष खेलाडी रोहित कुमार पौडेलको ट्रफि बुझ्दै उनका आमा र दाजु

त्यस्तै क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेपाललाई विश्वकपमा छनोट गराउँदा उल्लेख्य भुमिका निभाएका थिए। रोहितको कप्तानीमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको थियो। उनले मनोनयनमा परेका फुटबलका अन्नत तामाङ, क्रिकेटकै दिपेन्द्र सिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई पछि पारेका थिए।

अवार्ड समारोहमा एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान गरिएको थियो।

भलिबलकी कविताले जितिन पिपुल्स च्वाइस अवार्ड

पल्सर स्पोर्ट अवार्डको सर्वाधिक चामिङ रहने गरेको पिपुल्स च्वाइस अवार्डको उपाधि भलिबल खेलाडी कविता भट्टले जित्न सफल भइन्। उनले ५६ प्रतिशत मत प्राप्त गरिन्। काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य रहेकी उनी घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन्। उनले पल्सर मोटरसाइकल प्राप्त गरिन्। मतका आधारमा १९ प्रतिशत मतसहित कबड्डीकी मानमती बिष्ट दोस्रो, १६ प्रतिशत सहित फुटबलकी प्रिती राई तेस्रो तथा क्रिकेटका गुल्सन झा र रग्बीका श्रीराम चौंथो भए। खेल‌ पत्रकार , राष्ट्रिय प्रशिक्षक र दर्शकको भोटको आधारमा यो विधाको विजेता चयन भएको हो। ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो। त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो।

हि डोङलाई एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड

दक्षिण कोरियाका हि डोङ जोङले एनएसजेएफ स्पोर्टस अवार्डमा एसियन स्पोर्टस जार्नलिस्टको अवार्ड प्राप्त गर्न सफल भए। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुदको विकाशमा पुर्‍याएको योगदानको कदर स्वरुप शुक्रबार कमलादीस्थित पज्ञा प्रतिष्ठानको हलमा जोङलाई अवार्ड प्रदान गरेको हो। उनी एआइपिएस एसियाका अध्यक्ष समेत हुन्। अवार्डसँगै जोङले १ लाख रुपैयाँ प्राप्त गरे।

लाइफटाइम अचिभमेन्ट अवार्ड पाण्डेलाई

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा लाइफ टाइम अचिभ मेन्ट अवार्डबाट नेपाल‌ क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेलाई सम्मानित गरिएको छ। क्यानका संस्थापक मध्ये एक रहेका पाण्डेले सन् १९६० को दशकमा हुने गरेको मदन मेमोरियल र विष्णु ट्रफी प्रतियोगिता नियमित हुन नसकेपछि एउटा संगठित संघ गठन गर्ने सल्लाह अनुसार क्यानको स्थापनामा अहम भुमिका खेलाएका थिए। क्यानको संस्थापक अध्यक्ष जय कुमारनाथ शाह हुँदा पाण्डे महासचिवको जिम्मेवारीमा‌ रहेका थिए। यसपछि उनले नेपाली क्रिकेटको विकासमा ६ दशक भन्दा वढी समय दिएका छन। १९६४ देखि २००२ सम्म ३८ वर्ष उनी महासचिवको जिम्मेवारीमा रहेका थिए। घरेलु संरचना, जिल्लामा विस्तार, उमेर समुहको प्रतियोगिता अनि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला वढाउने क्रममा आइसीसी र एसीसीको मान्यता, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रवेश र  एकपछि अर्को सफलतामा पाण्डेको भुमिका महत्वपूर्ण रह्यो। उनी २००५ देखि २०११ सम्म क्यानको अध्यक्षको पदमा रहेका थिए। उनको उच्च योगदानको कदर गर्दै एनएसजेएफले उनलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ।

पलेशालाई पारा एथलिट अवार्ड

त्यस्तै अवार्ड समारोहमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गर्न सफल भइन्। गत वर्ष भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेर इतिहास रचेकी पलेशालाई यो अवार्ड प्रदान गरिएको हो। २०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो। साथै उनी परिस पारालिम्पिक्समा पनि छनोट भएकी थिइन्। उनलाई यो अवार्ड सहित नगद १ लाख रुपैयाँ प्राप्त गरिन्।

स्पेशल अवार्ड कुमार राइलाई

पल्सर स्पोर्ट्स अवार्डमा भलिबलका प्रशिक्षक कुमार राई स्पेशल अवार्डबाट सम्मानित भए। नेपाली महिला भलिबलको लोभलाग्दो सफलताका पर्याय बनेका राइले खेलाडी उत्पादनमा लोभलाग्दो योगदान दिएका थिए। न्यु डायमण्डका तत्कालीन प्राध्यापक राईले स्कुलमा सानो ठाउँमा ठुलो आँट सहित‌ महिला भलिबलको सुरूवात गरे। साना खेलाडीहरूलाई भलिबल सिकाउँदै सुरू गरेको यात्रा न्यू डायमन्ड भलिबल एकेडेमी हुँदै अहिले न्यु डायमन्ड युथ भलिबल क्लबको‌ रूपमा स्थापित भएको छ।‌ रेश्मा भण्डारी, रमिला तण्डुकार, प्रगतिनाथ, सलिना श्रेष्ठ, रिमा कुँवर, प्रतिभा माली, कृपा अधिकारी, सुमित्रा रेग्मी जस्ता होनाहार खेलाडी उत्पादन गरेका राइलाई अवार्ड प्रदान गरिएको हो। उनले १ लाख नगद पुरस्कार प्राप्त गरेका छन्।

करातेका कुशल बने वर्ष उत्कृष्ट प्रशिक्षक

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्। गत वर्ष १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जित्दा उनको प्रशिक्षणमा उनले पदक जितेकी थिइन्। नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा‌ दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा नेपाललाई १ स्वर्ण, ३ रजत र ५ कास्य पदक सहुत नौ पदक दिलाएका थिए। श्रेष्ठले पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका मोन्टी देसाई, कबड्डीका पार्वती राई भारतोलनका सञ्जय मर्हजनलाई‌ पछि पार्दै अवार्ड हात पारे। उनले पल्सर मोटरसाइकल प्राप्त गरेका छन्।

उत्कृष्ट युवा खेलाडी बने हेमन्त

अवार्ड समारोहमा भारोत्तोलनका हेमन्त पालले वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पार्न सफल भए। नेपाली खेलकुदको सर्वाधिक प्रतिष्ठित अवार्डमा उनले फुटबलकी प्रीति राई, टेबलटेनिसका सुजन गडाल, क्रिकेटका अर्जुन कुमाल र टेनिसकी सुनिरा थापालाई पछि पारेका थिए। १६ वर्षीय युवा  स्टार हेमन्तले भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। नेपाली भारोत्तोलनले एसियन स्तरमा ३८ वर्षपछि एसियन स्तरमा जितेको यो पहिलो कास्य हो। ७३ केजी तौल समूहमा स्न्याचतर्फ ९७ र क्लिन एन्ड जर्कमा १ सय १० केजी गरी कुल २ सय १० केजी भार उठाएका थिए। उत्कृष्ट युवा खेलाडी घोषित हेमन्तले पुरस्कारस्वरुप पल्सर मोटरसाइकल प्राप्त गरे।

कबड्डी वर्ष उत्कृष्ट टोली

गत वर्ष नेपाललाई एतिहासिक रुपमा एसियाली खेलकुद प्रतियोगितामा काश्य पदक दिलाएको कबड्डी टोली २०८० को उत्कृष्ट टिम घोषित भयो। एनएसजेफ पल्सर स्पोटस अवार्डमा वर्षको उत्कृष्ट टोली घोषित कबड्डी टोलीले आफ्नो पहिलो सहभागितामै एतिहासिक पदक जित्न सफल भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?