महतको दाबीः अहिलेको सरकारले देशलाई सुशासन दिन्छ

महतको दाबीः अहिलेको सरकारले देशलाई सुशासन दिन्छ
+
-

त्रिशूली – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बाध्यामक परिस्थितिमा कांग्रेस–एमाले गठबन्धन बनेको बताएका छन्।

नुवाकोटको सूर्यगढी गाँउपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रममा उनले नेकपा (माओवादी केन्द्र) लाई रिझाउन गाह्रो भएकाले एमालेसँग गठबन्धन गर्ने निर्णय गर्नुपरेको बताए।

‘जनताको सेवा र सरकारी बजेटको सही कार्यान्वयनको लागि (माओवादी केन्द्र) सँगको सहकार्यमा कांग्रेसले त्याग गर्दै आए पनि जथाभावी बजेट बाड्न खोजेर समस्या उत्पन्न गराएपछि दुई ठूला पार्टीबीचको गठबन्धन बनेको हो,’ उनले भने, ‘एमालेसँगको गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ।’

अहिलेको सरकार तथा गठबन्धनको लक्ष्य देशमा सुशासन दिने, जनताको मागअनुसार विकास निर्माण गर्ने र बजेटको सही कार्यान्वयन गर्ने मान्यता रहेको नेता महतले बताए। अहिलेको सरकारको न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै आउने र त्यो अहिलेसम्मकै उत्कृष्ट हुने उनको दाबी छ। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?