भिइ गाउँका ८ बस्तीमा नवमीको रौनकः प्रख्यात गुरा देवताको पूजा गरिँदै

भिइ गाउँका ८ बस्तीमा नवमीको रौनकः प्रख्यात गुरा देवताको पूजा गरिँदै
+
-

मुगु – गमगढीबाट उत्तर पश्चिम दिशामा पर्ने सोरु गाउँपालिकास्थित भिई गाउँमा गुरा देउताको नवमी मेला विहिवारदेखि शुरु भएको छ।

करिव १३ औं शताब्दीदेखि भिई गाउँमा गुरा देउताको नवमी मेला प्रारम्भ हुदै आएको वडाअध्यक्ष सिंहबहादुर धामीले बताएका छन्।

देउताको नवमी मेलालाई भब्य सब्य गर्न वडा कार्यालयले युवालाई स्वयम सेवकको रुपमा परिचालन गरेको छ। दुई दिन सम्म संचालन हुने नवमी मेला हेर्न बिभिन्न गाउँ बस्तीबाट धामी डाङग्री सहित भक्तजनको घुइचो लाग्ने गरेको छ।

हिजो आज भीईका ८ वटा गाउहरुमा नवमी मेलाले गर्दा मानिसहरुको चहलपहल निकै बढेको छ। स्थानीय पहिरनमा गाउका महिला पुरुष युवायुवतीहरु चिटिक्क देखिने गरेका छन।

भीई गाउका स्थानीयले घर आगन सेतो र रातो माटोले लिपपोत गरि टल्काएका छन। मेला हेर्न आएका भक्तजनलाई खान बस्न सुत्न ब्याबस्था मिलाईएको छ।

नवमी मेलामा महिला पुरुष युवायुवतीले रातभर देउडा खेलेर रमाइलो गर्ने र बिहानपख गुरा,समइजु, काले भवानी लगायत धामी झाक्रीमा देउता चढी आ आफ्नो चर्तिकला देखाइ नाच्ने गर्दछन । मेलामा सबै भन्दा उत्कृष्ट हेर्न लायक दमाहा बाजा देखिने गरेका छन। तीन दर्जन भन्दा बढी दमाहा बाजाहरु जम्मा हुने र पहिलो दिन दमाहा बाजाको प्रतिस्पर्धा हुने गरेकोले नवमीको रौनक नै फरक देखिन्छ।

नवमी मेलामा बिभिन्न खेलकुद कार्यक्रम पनि संचालन गर्ने गरिएको छ । यो चोटि पनि खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिएको छ। गाउँ गाउबाट युवाहरुका समुहहरुले फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन।

गुरा देउतालाई भाकल पुरा गर्न र चिताएको मनोआकाक्षा पुरा होस भन्ने हिसावले टाढा टाढा बाट भक्तजन नवमी मेलामा गुरा देउताको दर्शन गर्न आउने गरेका गर्छन । गुरा देउतालाई बोका घण्ट अक्षेता चढाएर मनोआकाक्षा पुरा हुने बिश्वास रही आएको छ।
गुरा देउतालाइ मुख्य गरि भुमिका देउताका रुपमा मानिसहरु पुज्ने गर्दछन। गुरा देउताकोमा चढेको जग्गा भन्दै देउतालाइ सिख भनेर यो बेला गाउँ गाउँ र विभिन्न जिल्लाहरुबाट भक्तजबहरु आफ्ना खेत गरामा फलेका अन्न,फलफुल,तरकारी,मसलाबाली चढाउन पनि पुग्ने गरेका छन। गुरादेउतालाइ खुशी पार्न सके अन्नवाली राम्रो उत्पादन हुने भनी किसानहरु विश्वास गर्ने गर्दछन।

यो चालु आर्थिक बर्षमा संघीय सरकारबाट भीई गुरा देउताको ऐतिहासिक मन्दिर जीर्णेद्धारको निम्ति बजेट ब्याबस्था गरिएको छ।
जिल्ला सदरमुकाम गमगढीबाट भीई गाउमा पुग्न जीप मोटर साइकलद्धारा करिव ४ घण्टा समय लाग्ने गर्छ। गाउँसम्मै सडक पुगेपछि भिइ गुरा देउताको नवमी मेला हेर्न जान भक्तजनलाई सहज भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?