
वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा पर्ने गडक नहरको एउटा पुल भासिएको छ।पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरका सबै पुल क्षतिग्रस्त अवस्थामा छन्।ती पुल कुन बेला भासिएर दुर्घटना हुन्छ त्यसको कुनै भर छैन।
गण्डक नहरमा रहेको क्षतिग्रस्त पुलमध्ये पर्सास्थित बीरगञ्ज र बहुदरमाई नगरपालिकाको सिमानामा पर्ने तिलावे नदीमा रहेको पुलको एउटा पिल्लर पूरै भासिएको हो। १३ वटा पिलर रहेको उक्त पुलको बीच भागमा रहेकाे एउटा पिलर भासिएको हो। पिलरमा ठूलो चिरा परेपछि लगभग दुई टुक्रामा नै पुलको पिलर पुगेको छ। पिल्लरमा ठुलो चिरा परेपछि पिल्लरसँगै पुल नै भासिएको छ।
जसकारण उक्त पुल भएर अहिले आवतजावत पुर्ण रुपमा ठप्प भएको छ।तीन महिना अघि नै तिलावे नदीमा रहेको गडकक नहरको उक्त पुलको पिल्लरमा चिरा परेको थियो।शुक्रबारदेखि बेला बेलामा परेको पानीका कारणले तिलावे नदीमा थोरै बाढी आएको अवस्थामा अहिले सो पिल्लर पुर्ण रुपमा ठुलो चिरा परेर खस्ने अवस्थामा पुगेको छ।पिल्लरमा चिरा परेपछि अहिले गण्डक नहरमा रहेको पुल नै खस्ने अवस्थामा रहेकाले अहिले उक्त पुलबाट भएर साना तथा ठुला सँगै साईकल मोटरसाईकलको पनि आवत जावत रोकिएको छ।
गण्डक नहरको ब्यावस्थापन गर्दै आएको नारायणी सिँचाई ब्यावस्थापन कार्यालय वीरगञ्जले यसअघि दुई महिना पहिले नै उक्त पुलबाट ठुला सवारी साधनहरु आवत जावतमा रोक लगाएको थियो।अििहले ठुलो चिरा परेको उक्त पुललाई मरम्मत गर्ने सिँचाई कार्यालयले भनेपनि समयमा नै मरम्मत नगर्दा अहिले पिल्लर क्षतिग्रस्त भई पुलबाट पुर्ण रुपमा आवतजावत बन्द भएको हो। पिल्लर भाँसिएपछि पर्साबाट निर्बाचित प्रदेश साँसद श्याम पटेल,बहुदरमाई नगरपालिकाका पुर्ब नगर प्रमुख नितेन्द्र साह,नारायणी सिँचाई ब्यावस्थापन कार्यालय लगायतको टोलीले पुल निरिक्षणको लागि पुगेको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा पर्ने गण्डक नहरकै अर्को पुलमा पनि बीच भागमा नै ठुलो भ्वाँग परिसेकेको छ।पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलादेखि बारा जिल्ला हुँदै रौतहटसम्म पुगेका गण्डक नहरको बाटो सडक बिभागले कालोपत्रे गरेको छ।गण्डक नहरकै बाटो भएर पर्साको बहुदरमाई नगरपालिका,सखुवा प्रसौनी गाउँपालिका,जगनाथपुर,ठोरी लगायतका स्थानीयहरु दैनिक रुपमा हजारौको सँख्यामा सदरमुकाम वीरगञ्ज आवतजावत गर्ने गरेका छन।बिधालयका बसहरुले पनि सोही बाटो प्रयोग गरेर बिधार्थीहरु ओसारपसार गर्ने गरेका छन्।
१५ ब्लकमा विभाजित ८१ किलोमिटर लम्बाइको गण्डक नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलादेखि बारा जिल्ला हुँदै रौतहटसम्म पुगेको छ।गण्डक नहरमा साना ठूला गरी तीन हजार ५७४ वटा पुल, पुलेसा, कल्भर्टहरू छन्। विसं २०३० जेठ २१ गते यो नहरको उद्घाटन गरिएको थियो। गत वर्ष सडक विभागले गण्डक नहरको बोटो भने कालोपत्रे गरेको थियो। तर पुल पुलेसाहरू भने जस्ताको तस्तै छन्। मर्मतसम्भारप्रति कसैको पनि ध्यान जान सकेको छैन।