ट्रम्पमाथि पुन:हत्याको प्रयास!

ट्रम्पमाथि पुन:हत्याको प्रयास!
+
-

अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि पुन:हत्याको षड्यन्त्र भएको उनले जनाएका छन्।

दुई महिनामा उनीमाथि दोस्रो पटक हत्या प्रयास भएको हो। यद्यपि, उनी यो पटक सुरक्षित रहेको एफबिआइले जनाएको छ। एफबीआईले पूर्वराष्ट्रपतामाथि हत्या प्रयास जस्तो देखिने घटना भएको जनाएको छ।

फ्लोरिडाको एक गल्फ कोर्समा उनको हत्याको प्रयासको तयारी गरिएको जनाइएको छ। बीबीसीका अनुसार अमेरिकी सिक्रेट सर्भिस एजेन्टले ट्रम्प खेलिरहेको ठाउँभन्दा एक होलअघिको झाडीबाट एउटा एके-४७ हतियार फेला पारेका थिए। साथै संदिग्ध व्यक्तिसँग भिडन्त भएको जनाइएको छ।

एक प्रत्यक्षदर्शीले त्यसपछि एक व्यक्तिलाई कालो निसान गाडीमा भागेको देखेको जनाएका छन्। जसलाई पछि सुरक्षा अधिकारीहरुले घेरेर संग्दिग्धलाई पक्राउ गरेको जनाएको छ। गल्फ कोर्सको छेउको झाडीमा हतियार, स्कोप, झोला र गोप्रो क्यामेरा भेटिएको जनाइएको छ।

संदिग्ध ब्यक्ति करिब ५० वर्षका अमेरीकी नागरिक भएको जनाइएको छ। ट्रम्पमाथि राष्ट्रपति निर्वाचनअघि यो दोस्रो पटक हत्या प्रयास भएको छ। यसअघि उनको कानमा गोली लागेर केही क्षणले मात्र बाँचेका थिए।

यो सम्भावित हत्या प्रयासपछि ट्रम्पले कसैलेपनि आफूलाई आफ्नो वाचा र आफ्नो उत्साहबाट पछि फर्काउन नसक्ने बताए। कतिपयले उनले बोल्ने भेदभावपूर्ण शब्दका कारण निरन्तर निशानामा पार्ने गरेको बताउने गरेका छन्। यद्यपि, यो पछिल्लो घटनाले पेनसिल्भेनियाको बटलरमा भएको गोलीकाण्डजस्तो भावनात्मक प्रभाव भने नपार्ने बताइएको छ।

पहिलो हमलामा उनको कानबाट रगत चुहिएको थियो। तर यो पटक भने उनीमाथि आक्रमण हुनुअघिनै सुरक्षाकर्मीले सफलता हासिल गरेको छ। यो पटकको घटना ट्रम्पको आफ्नै गल्फ कोर्समा भयो। जहाँ उनी प्रत्यक्ष खतराबाट टाढा मानिएको थियो।

अब यो पछिल्लो घटनाले उनको चुनावी सभाहरुमा उनको लयमा कस्तो परिवर्तन ल्याउला त्यो भने महत्त्वपूर्ण हुने मानिएको छ। ट्रम्प पछिल्ला केही हप्ताहरूमा प्रायः सर्वेक्षणहरूमा कमला ह्यारिसभन्दा पछि परेको देखिएका थिए। अब उनी अन्तिमचरणमा चुनावी अभियान प्रवेश गरेसँगै चुनावी सरगर्मी बढेको छ।

यसअघि गत जुलाईमा पेन्सिल्भेनियाको बटलरमा हजारौं समर्थकहरू माझ भाषण गरिरहँदा उनको टाउकोभन्दा अलीकति छेउबाट छुटेको गोलीले उनी रक्ताम्मे भए र मञ्चबाट हटाइएको थियो। उनको हत्या प्रयासपछि उनको पक्षमा माहोल बनेको मानिएको थियो। तर बाइडेनले चुनावी अभियान त्यागेसँगै ट्रम्पलाई कमला ह्यारिसले कडा चुनौती दिएकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?