दरबारमार्गको नेशनल डे कन्सर्टमा प्रधानमन्त्री जानुहुन्छ: सचिवालय

दरबारमार्गको नेशनल डे कन्सर्टमा प्रधानमन्त्री जानुहुन्छ: सचिवालय
+
-

काठमाडौँ – संविधान दिवसको अवसरमा आयोजना हुन लागेको नेशनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली दरबारमार्गमा आयोजना हुने नेशनल डे कन्सर्टमा अन्य आगन्तुकजसरी नै सहभागी हुनेछन्।

कन्सर्टमा प्रधानमन्त्री ओली सहभागी हुने आयोजकका तर्फबाट आइतबार गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो।  चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका आयोजक दिनेश डिसीले प्रधानमन्त्रीसमेत सहभागी हुने जानकारी दिएका थिए। ओलीले आउने वचन दिएपछि डिसीले त्यसलाई सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका रामशरण बजगाईँले प्रधानमन्त्री दरबारमार्गमा आयोजना हुने कार्यक्रममा कुनै हेरफेर नभएकाे जानकारी देशसञ्चारसँग गराए। ‘दरबारमार्गमा आयोजना हुने कन्सर्टमा प्रधानमन्त्री आउने कार्यक्रममा कुनै फेरबदल भएकाे छैन,’ उनले भने।

कन्सर्ट दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म चल्नेछ। कार्यक्रममा राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तरालगायतका व्यान्ड, कलाकारहरूले प्रस्तुति दिने आयोजकले बताएका छन्। ‘कलाकार, साहित्यकारलगायत समाजका विभिन्न तप्काबाट मानिस आउनेछन्,’ उनले भने।

यद्यपि नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले भने संविधान दिवसका दिन प्रधानमन्त्री बिहानको औपचारिक कार्यक्रममा मात्रै सहभागी हुने जानकारी दिए।

उनले भने, ‘संविधान दिवसको दिन बिहान हुने औपचारिक कार्यक्रममा उहाँको सहभागिता हुन्छ। अरु अनौपचारिक कार्यक्रम हुन्। त्यहाँ जाने कार्यक्रम छैन।’ संविधान दिवसका दिन प्रत्येक वर्ष सरकारले टुँडिखेलमा औपचारिक समारोह आयोजना गर्ने गर्छ।

यो पनि पढ्नुहोस्

बालेन समर्थकको ‘सुरक्षा थ्रेट’का कारण प्रधानमन्त्री ओली ‘नेशनल डे कन्सर्ट’मा नजाने

बालेन समर्थकको ‘सुरक्षा थ्रेट’का कारण प्रधानमन्त्री ओली ‘नेशनल डे कन्सर्ट’मा नजाने

बालेनको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न गएकालाई प्रहरीले हटायो (भिडियोसहित)

बालेनको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न गएकालाई प्रहरीले हटायो (भिडियोसहित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?