काठमाडौँको दरबारमार्गमा सवारी आवागमनमा रोक, सर्वसाधारणको आक्रोश

काठमाडौँको दरबारमार्गमा सवारी आवागमनमा रोक, सर्वसाधारणको आक्रोश
+
-

काठमाडौँ- संविधान दिवसका अवसरमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भन्दै काठमाडौँको दरबारमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ।

कार्यक्रमका लागि मञ्च निर्माण गर्ने नाममा उक्त सडकमा सवारी साधन आवागमनमा रोक लगाइएको उपत्यका ट्राफिक प्रहरीले सूचना प्रकाशित गरेको छ।

केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारीलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारीलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो।

काठमाडौंमा नागरिकस्तरमा हुने भनिएको सांगीतिक कार्यक्रमलाई ‘नेशनल डे कन्सर्ट’ भनिएको छ।

विभिन्न कलाकारहरूको प्रस्तुति रहने भनिएको कार्यक्रमका लागि सडकमा सवारी साधन आवागमनमा रोक लगाइएको सूचनाप्रति सर्वसाधारणले सामाजिक सञ्जालहरूमा आक्रोश पोखेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?