विश्वकप लिग-२: नेपाल लगातार दोस्रो खेलमा पराजित, ओमान एक विकेटले विजयी

विश्वकप लिग-२: नेपाल लगातार दोस्रो खेलमा पराजित, ओमान एक विकेटले विजयी
+
-

काठमाडौं- विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग १ विकेटले पराजिति भएको छ। नेपालले दिएको २ सय २० रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुत निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाउँदा गुल्सन झाले पनि अलराउन्डर प्रदर्शन गरे। झाले ब्याटिङ तर्फ ३५ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले।

गुल्सनले ओमानको पाँच विकेट समेत लिएका थिए।  नेपालका लागि आरिफ शेखले ३५ रन बनाउँदा आसिफ शेख, भिम सार्की र सन्दीप लामिछानेले समान ११-११ रन बनाए। सोमपाल कामी २० रनमा रनआउट भएका थिए। ओमानका लागि अकिब इलियस, फयाज बट र कलिमुल्लाहले समान २-२ विकेट लिएका थिए। त्यस्तै सकिल अहमेद र सोइब खानलेपनि १-१ विकेट रह्यो।

२ सय २१ रनको लक्ष्य पछ्याएको ओमानले राम्रो सुरुवात गरेको थियो। उसले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्‍यो। ओपनर कश्यप प्रजापतीले ३६ रन बनाउँदा जतिन्द्र सिंहले ४१ रन बनाए। त्यस्तै कप्तान अकिब इलियसले २९ रन बनाउँदा प्तिक अथभले २६रन बनाए। टिमको जितमा भने सकिल अहमेदको १७ रन महत्वपूर्ण रह्यो। त्यस्तै कलिमुल्लाह ८ बलमा ६ रन बनाउँदै सकिल सँगै अविजित फर्किए।

नेपालका लागि गुल्सन झाले १० ओभर बलिङ गर्दै ४७ रन खर्चिएर पाँच विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिंदा करण केसीले २ विकेट लिए। अब नेपालले सिरिजको तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा  ८असोजमा ओमानविरुद्ध खेल्ने छ ।ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टी-२० सिरिजको कार्यतालिका रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?