स्नातक नगरेका भट्टराईबाहेक १६ जना नै प्रस्तावित राजदूतलाई गर्‍यो सुनुवाइ समितिले अनुमोदन

स्नातक नगरेका भट्टराईबाहेक १६ जना नै प्रस्तावित राजदूतलाई गर्‍यो सुनुवाइ समितिले अनुमोदन
+
-

काठमाडौँ-  स्नातक नगरेका रामकृष्ण भट्टराईबाहेक अन्य १६ जना प्रस्तावित राजदूतको नाम सुनुवाइ समितिले बिहीबार अनुमोदन गरेको छ।

सुनुवाइ समितिले बिहीबार निर्णय सुनाउँदा सभापति ईश्वरी न्यौपाने १६ प्रस्तावित राजदूतहरुको नाम बहुमतले अनुमोदन भएको जानकारी दिएकी थिइन्। यद्यपि दक्षिण अफ्रिकाका कपिल श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमिल्सिना र भारतका डा. शंकरप्रसाद शर्मा भने सर्वसम्मत हुन सकेनन्। यीबाहेक अन्य १२ नामहरुमा भने संसदीय समितिले सर्वसम्मत रुपमा निर्णय गरेको हो।

समितिले प्रस्तावित १७ जना राजदूतको सुनुवाइ भदौ २७ गते सकेको थियो। त्यसपछि अनुमोदनबारे निर्णय लिन भदौ ३० गते बैठक बोलाइए पनि कांग्रेस एमालेको मतभेदका कारण बस्दै नबसी स्थगित भएको थियो।

समितिमा उजुरीसमेत परेका भारतका शर्मा, दक्षिण अफ्रिकाका श्रेष्ठ, इजरायलका पण्डित र मलेसियाका तिमिल्सिनालाई अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा समितिका सदस्यहरुबीच मतभेद भएको थियो।

बिहीबार राजदूतहरुको नाम अनुमोदन गर्दा श्रेष्ठ, पण्डित तिमिल्सिनाको नाममा जसपाका सांसद् प्रकाश अधिकारी र रास्वपाका सांसद डोरप्रसाद अर्यालले फरक मत राखेका थिए। त्यस्तै,

डा. शर्माको नाममा सांसद प्रकाश अधिकारीले फरक मत राखेका थिए। श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको भने न्यूनतम योग्यता स्नातक नै नपाइएकाले संसदीय समितिले कुनै निर्णय गरेको छैन।

सुनुवाइ समितिले चीनका लागि डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका लागि शर्मा, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान र साउदी अरबका लागि नरेशविक्रम ढकालको नाम अनुमोदन गरेको छ। त्यस्तै, दक्षिण अफ्रिकाका लागि श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन गरेको छ। त्यस्तै, मलेसियामा तिमिल्सिना र इजरायलमा पण्डितलाई अनुमोदन गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?