वातावरण अनुकूल बनाउने दायित्व कसको?

वातावरण अनुकूल बनाउने दायित्व कसको?
+
-

पृथ्वीको वातावरण नै सम्पूर्ण प्राणीका लागि घर हो। प्रकृतिसँग प्राणीको अस्तित्व अडिएको छ। प्राकृतिक श्रोतको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ। मानिस आज जुन अवस्थामा छ, त्यो सम्पूर्ण रूपमा प्रकृति र वातावरणको देन हो। वास्तवमा भन्नुपर्दा प्रकृतिको समतामूलक उपयोगले नै विश्वको विकास हुन सक्छ।

मानव जीवनको अस्तित्व वातावरणमा अडिएको छ, चाहे त्यो भौतिक वातावरण होस् वा अभौतिक वातावरण। व्यक्ति वा सिंगो समुदायको विकास प्रक्रियामा वातावरणीय परिस्थितिको महत्त्वपूर्ण भूमिका रहन्छ। प्रकृतिको अनुपम उपहार चेतन प्राणी रहेकाले प्रकतिको सम्पूर्ण अवयवको संरक्षणको जिम्मेवारी पनि मानव जातिमै छ।

वातावरणलाई विशेष गरी दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ। जसमा प्राकृतिक वातावरण र सामाजिक, सांस्कृतिक वातावरण पर्छन्। साधारण अर्थमा हामी मानव समाजका आसपासमा रहेको हावापानी, माटो, वनजंगल, पशुपक्षी, तापक्रम, खनिज आदिलाई प्राकृतिक वातावरण भनेर बुझ्छौँ भने मूल्य, मान्यता, रीति, परम्परा, धर्म, सामाजिक सगठन, सम्बन्ध, लेनदेन आदिलाई सामाजिक र साँस्कृतिक वातावरण भनेर बुझ्छौँ।

वातावरण जीवनको अस्तित्वसँग जोडिएको विषय हुँदाहुँदै पनि आज विश्वमा मानवकै कारण थुप्रै समस्या उत्पन्न भई वातावरणमा प्रतिकूलता थपिएका छन्। प्रकृतिले मानव उपयोगी वातावरण सुम्पिएको अवस्थामा आज मानिसले विकासको होडमा वातावरणमाथि ठूलो शोषण गरेको छ र आफ्नो जीवनको अस्तित्वलाई दाउमा राखेको छ। क्षणिक फाइदालाई मात्र हेर्दा वातावरण मानवप्रतिकूल बन्दै गइरहेको छ।

मानवबाहेक पृथ्वीका सम्पूर्ण प्राणी प्राकृतिक वातावरणमा बाँचेका हुन्छन् भने मानवलाई दुवै वातावरणको उत्तिकै आवश्यकता पर्दछ। ‘वातावरणले जीवनका लागि आवश्यक श्रोतहरू उपलब्ध गराउँछ र वातावरण सम्पूर्ण प्राणीका लागि घर हो’ भनेर वातावरणको महत्त्वका विषयमा थुप्रै विज्ञान सास्त्री र समाजशास्त्रीहरुले बताउँदै आएका छन्। यी शास्त्रीय भनाइबाट पनि मानव जातिका लागि वातावरणको महत्त्व प्रष्ट हुन्छ।

वातावरण जीवनको अस्तित्वसँग जोडिएको विषय हुँदाहुँदै पनि आज विश्वमा मानवकै कारण थुप्रै समस्या उत्पन्न भई वातावरणमा प्रतिकूलता थपिएका छन्। प्रकृतिले मानव उपयोगी वातावरण सुम्पिएको अवस्थामा आज मानिसले विकासको होडमा वातावरणमाथि ठूलो शोषण गरेको छ र आफ्नो जीवनको अस्तित्वलाई दाउमा राखेको छ। क्षणिक फाइदालाई मात्र हेर्दा वातावरण मानवप्रतिकूल बन्दै गइरहेको छ।

पछिल्ला धेरै वर्ष देखि मानवले आफै सिर्जित समस्याले कठिन मोडमा आउँदा पनि मानिसको ध्यान पूर्णरूपमा वातावरण संरक्षणमा जान सकेको छैन। वातावरणमा रहेका प्राकृतिक श्रोत र साधनको अत्यधिक शोषण र नासिँदै जानुले आज मानव अस्तित्व नै संकटमा परेको छ।

ओजन तहको विनाश, त्यसको परिणाम स्वरूप सूर्यबाट अत्यधिक मात्रामा परावैजनी किरण पृथ्वीमा आउने गरेको कारण पृथ्वीमा विश्वव्यापी उष्णता, जलवायु परिवर्तन, समुद्रको सतह बढ्नु, हिमशिखरमा हिउँको क्षयीकरण, मरुभूमीकरणजस्ता समस्या विश्वव्यापी रूपमा अत्यधिक जल्दोबल्दो समस्याको रूपमा देखिएको छ। विकासका क्रममा वातावरण प्रदूषणजस्ता समस्या टड्कारो रूपमादेखिएको छ। वायु प्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषणले मानिसमा क्यान्सर, मानसिक रोगलगायत विभिन्न घातक रोग निम्ताएको छ।

यी परिस्थितिले नेपाल पनि अछुतो रहन सकेको छैन। संसारभरिका वातावरण प्रतिकूलताका असर प्रत्यक्ष रुपमा नेपालमा पनि परिरहेको छ। उदारहणको लागि नेपालको विकट जिल्लाको एक गाउँलाई लिन सकिन्छ। दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ। गाउँ रित्तिँदै जानुको कारण हो, पानीको अभाव।

जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिस बस्ती छाड्न बाध्य भए। उनीहरुले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो। मानिस बस्न छाडेपछि पुराना घरहरू भत्किदै गएका छन्। बस्ती खण्डहर र उराठलाग्दो देखिन्छ। पानी खोज्दै बसाइ सर्नेह्ररु बढेपछि ध्ये गाउँको सयौं हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ। यो त केवल एउटा प्रतिनिधिमूलक वातावरणीय प्रभावको घटना हो। यस्ता थुप्रै वातावरणीय प्रतिकूलता उदाहरण छन् जसले तपाईं हामी प्रत्यक्ष रुपमा प्रभावित भएका छौँ। वातावरण विनासले गर्दा केवल वातावरणमा मात्र प्रभावित हुदैन परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै जान्छ र अन्त्यमा मानव अस्तित्वमा नै प्रश्न चिह्न लाग्छ।

पछिल्लो समयमा वातावरण संरक्षणसहितको विकास दिगो विकास हो भन्ने अवधारणा पनि अगाडि सारिएको छ। सोही विषयलाई लिएर अन्तराष्ट्रियस्तरमा सन् ५ जुन १९७२ मा संयुक्त राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम (युएनइपी) स्थापना भएको छ भने नेपालमा पनि वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण संरक्षण नियमावली, २०७७ ल्याइएको छ। त्यस्तै, प्रदेश, स्थानीय तहसम्म विभिन्न ऐन नियमावली र विभिन्न कानुन बनाउनेलगायत ऐन नियममा पनि वातावरणसँग सम्बन्धित विषय वस्तु समेटी कानुनी व्यवस्थाको उल्लेख गरेको पाइन्छ। लामो प्रयत्नपछि वातावरण मन्त्रालयको समेत स्थापना गरी वातावरणा सरक्षण र वातावरण अनुकूल बनाउन चासो दिएको देखिन्छ।

सरकारले वातावरण मन्त्रालय बनाउनु पर्दछ भनेर हाम्रा नेपाल वातावरण पत्रकार समूहका अग्रजहरुले अभियानमा ठूला योगदान दिनुभएको थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वातावरण संरक्षणका विषयमा कदम चालिए पनि ती प्रयास पर्याप्त मात्रामा छैनन् र प्रभावकारी बन्न पनि सकेका छैनन्, यी विषय लुकाइनु हुँदैन। वातावरण र मानवको सम्बन्ध सुमधुर बनाउन एउटा पिंढीले ठूलै प्रयत्न गर्नु जरुरी छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषय प्रतिनिधिसभालाई जानकारी गराउँदै महासभामा ‘फ्युचर समिट’मा सम्बोधन गरी मानव जाति र धर्तीको सुरक्षा, हिमाल र समुद्रको इकोसिस्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको विषय उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसलाई हामीले सकारात्मक रुपमा लिनु पर्दछ। हिमालको काखमा रहेको हाम्रो मुलुकको लागि संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा वातावरणसम्बन्धी उठ्ने विषय हाम्रो लागि महत्वपूर्ण हुनेछ।

वातावरण व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषय हो। यही आज विश्वसामु जल्दोबल्दो समस्याको रूपमा रहेको छ। विकासका क्रियाकलापको वृद्धिले पनि वातावरणलाई विनास गरेको हुन्छ। हामी सबैको चाहना आजका विकासले भावी पुस्ताको जीवन प्रक्रियामा असर नपुग्ने विकास दिगो वास्तविक विकास हो। विकासका नाममा कुनै पनि प्राणीको बाँच्न पाउने अधिकारलाई हनन् गर्नु हुँदैन।

यो आवाज विश्वभरी सुनिरहने विषय हो। तर, के साँच्चै यसो भइरहेको छ त? प्रश्न यहाँ गम्भीर छ। त्यसैले अब ढिलो नगरी वातावरण संरक्षणका लागि सरकारीस्तर निजी र सबै स्तरबाट पनि अझ प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्न जरूरी छ। जसका लागि प्राकृतिक श्रोत साधनको दोहनलाई नियन्त्रण गर्ने, विकासका क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्वमूल्याङ्न गरेर मात्र सञ्चालनको अनुमति दिने, अत्यधिक वायु प्रदूषण, ध्वनी प्रदूषण गर्ने सवारी साधन, कलकारखाना, रासायनिक भट्टी आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्नेजस्ता कार्य सरकारी स्तरबाट हुन आवश्यक छ।

साथै सरकारी निकायको प्रत्येक विकास निर्माणका आयेजनाहरुमा वातावरण सेल स्थापना गर्न सकिन्छ। जसबाट वातावरण संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै मानवअनुकूलको वातावरण निर्माणमा सहयोग जुट्छ। जनस्तरबाट पनि वातवरण संरक्षणमा जुट्नु उत्तिकै आवश्यक छ। फोहोर मैला व्यवस्थापन, वृक्षरोपण र संरक्षण, प्राकृतिक श्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषणम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गर्न सकिन्छ।

स्वच्छ वातावरण भावी पिंढीलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो। स्वच्छ वातावरण हाम्रो मात्र नभई हाम्रा भावी सन्तानको समेत अधिकार हो। यस विषयमा बेलैमा सोचौं। हैन भने हामी त समस्याको सिकार बन्छौं नै, हाम्रा सन्तानले समेत हामीलाई सराप्ने छन्।

वातावरणसम्बन्धी काम गर्ने सबै सघंसंस्थाहरुलाई हातेमालो गरेर अगाडि बढ्ने ठोस योजना बनाई स्थानीय तहदेखि तीनै तहका सरकारले प्राथमिकतामा राखेर पहल कदमी गनुपर्ने आजको आवश्यकता हो। हामी पनि स्वस्थ बाचौँ, भावी पुस्तालाई पनि स्वच्छ वातावरण हस्तान्तरण गरौँ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?