
काठमाडौं- विश्वकप लिग-२ अन्तर्गत क्यानडा विरुद्धको दोस्रो खेलमा पनि नेपालले खराब प्रदर्शन गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३६ रन जोड्दा आफ्ना महत्वपूर्ण ५ विकेट गुमाएको छ।
२० रन जोड्दा ३ विकेट गुमाएको नेपालले चौंथो विकेट भने रनआउटका रुपमा कप्तान रोहित पौडेललाई ४ रनमा गुमायो। त्यस्तै पाँचौ विकेटका रुमपा टिमको स्कोर ३६ रन हुँदा ११.६ ओभरमा अनिल साहलाई १ रनमा गुमायो।
त्यसअघि ओपनर अर्जुन साउद १० रन बनाएर आउट हुँदा आसिफ शेख २ रनमा पेभिलियन फर्किए त्यस्ते तेस्रो नम्बरमा ब्याटिङका लागि आएका भिम सार्कीपनि ४ रन बनाएर आउट हुँदा नेपाल संकटमा परेको थियो। क्यानडका लागि कलिम सानाले २ विकेट लिंदा डिलोन ह्यालीघर र प्रभिन कुमारले समान १-१ विकेट लिए
यसअघि नेपालले जारी सिरिजका सुरुवाती दुई खेलमै पराजित भएको छ। पहिलो खेलमा क्यानडासँग हारेको नेपाल दोस्रो खेलमा ओमानसँग पनि पराजित भएको थियो। जारी सिरिजको यो आयोजक क्यानडा विरुद्ध नेपालको अन्तिम खेल हो।