सरकारलाई चुनौती दिँदै रविले भने- मान्छे बेचेर राजनीतिमा आएको होइन, बचाएर आएको हुँ

+
-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पञ्चायत शैलीमा आफूमाथि धरपकड भएको बताएका छन्।

उनले आफू कसैको राजनीति बचाउनका लागि पक्राउ हुनु पर्ने अबस्था आएको भन्दै यो धरपकड सह्य नहुने बताए।

उनले आफूले केही नबिगारेको भन्दै नडराएको बताए।

साथै उनले प्रहरीको अनुसन्धानले दोषी नदेखिएको तथा सरकारका निकायको छानबिन गरेर पनि दोषाी नदेखिएको अवस्थामा जबर्जस्ती रुपमा आफू विरुद्ध कसैले आफ्नो राजनीति जोगाउन धरपकड गरेको बताए।

उनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै सरकारले सर्वाधिक मत ल्याएर संसदमा रहेको एक जनप्रतिनिधि विरुद्धको यो प्रकारको ट्रायल सह्य नहुने बताए।

उनले आफ्ना समर्थकलाई सरकारको भरोसा नभएको भन्दै आवश्यक पर्दा यसको विरुद्ध सडकमा निस्कनका लागि पनि तयार हुन आग्रह गरे।

उनले सरकार सहकारीपीडितको बचत फिर्ताका लागि कुनै कार्य नगरेको तर रवि लामिछानेलाई जसरी पनि पक्राउ गर्ने र रास्वपालाई सिद्याउने षड्यन्त्रमा लागेको भन्दै उनले कुनै पनि हालतमा रास्वपा नसिद्धिने र झनै बलियो भएर उठ्ने बताए।

साथै उनले सहकारी पीडितहरुका लागि रास्वपा सडकमा उनीहरुको पैसा फिर्ताको आन्दोलनको नेतृत्व गर्न तयार भएको बताए।

साथै उनले चीन भ्रमणमा रहेको रास्वपा टोलीलाई स्वदेश फर्कन लागेकाे जानकारी पनि गराए। उनले सम्बोधन गरिरहँदा ठुलो संख्यामा उपिस्थित रास्वपा समर्थकले सरकार विरुद्ध कडा नाराहरु लगाएका थिए।

प्रहरीले आइतबार नै उनी गोर्खा मिडियामा हुँदाका व्यावसायिक साझेदार छविलाल जोशीलाई पक्राउ गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?