
मुगु – विकट हिमाली जिल्ला मुगुलाइ साक्षर जिल्ला घोषणा गरिएको छ। सोमबार एक औपचारिक कार्यक्रम गर्दै मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो।
जिल्लामा रहेका चार वटा स्थानीय सरकारहरुले साक्षरपालिका घोषणा गरेपछि मुगु जिल्लालाइ साक्षर जिल्ला घोषणा गरिएको थियो।
साक्षर अभियान जिल्ला समन्वय समितिले आयोजना गरेको साक्षर जिल्ला घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी उपस्थित थिए।
जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्किको अध्यक्षतामा भएको साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारि सहित सरोकारवालाहरुले सामूहिक रुपमा घोषणा पत्रमा हस्ताक्षर गरेका थिए।
हिजो गाउँघरमा परदेशबाट आफन्तहरुले पठाएको चिठी पढनका लागि गाउँ गाउँमा पढेको मान्छे खोज्दै हिडनु पर्ने अवस्था थियो अहिले त्यो अवस्था छैन, महिला दिदी वहिनिहरु कोहि साक्षर थिएनन, कतै बजार तिर जादा सामानहरुको मूल्य अनुसार नगद दिन सक्ने साक्ष्रर थिएनन्।
आज सबै जान्न सक्ने भएका छन नेपाल शिक्षक महासङ्ग मुगुका अध्यक्ष विष्णुमाया भामले बताईन्। कार्यक्रममा भोल्नुहुदै नेपाल पत्रकार महासङ्ग मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिए पनि स्थानीय सरकारहरुले १२ सुचकहरु मध्य ६ सुचक पूरा गरेका छन् भने बाँकी रहेका ६ वटा सूचक पनि पूरा गर्न आफ्ना आगामी कार्यक्रम, योजना बनाउदा ध्यान दिन सुझाव दिएका छन्।
नागरिक अगुवा रुप बहादुर मल्लले साक्षर घोषणामा मात्र सिमित नराखेर अबदेखि आफ्ना व्यवहार, आचरण र याकलापमा पनि साक्षरताको रुप देखाउनुपर्नेमा जाेड दिए।
सामाजिक विकास कार्यालय मुगुका कार्यालय प्रमुख टोपबहादुर बुढाले सञ्चालन गरेको साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, निवर्तमान कर्णाली प्रदेशका मन्त्री एवं मुगु जिल्ला प्रदेश १ बाट निर्वाचित सान्सद मङल बहादुर शाही, समन्वय प्रमुख मन्जनबहादुर कार्की, छायानाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भाम,खत्याड गाउँपालिका प्रमुख अजबहादुर शाही, सोरु गाउँपालिका प्रमुख धर्मबहादुर शाहीलगायत सरकारी कार्यालय प्रमुख, गैरसरकारी संघ सस्था प्रमुख विद्यार्थीलगायत सहभागी थिए।