काठमाडौँ- नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पासँगको पर्वतारोहण टिममा रहेकी लाक्पा फुटी शेर्पालाई ३१ वर्ष पुरानो त्यो दिनले अझै झस्काउँछ। उनीभन्दा सगरमाथा आरोहण क्रममा अगाडि रहेकी पासाङ ल्हामु सगरमाथा शिखरमा पाइला टेके पनि कहिल्यै नफर्किने गरी सगरमाथामै विलीन भइन्। पासाङ ल्हामुसँगै भ्रमण दलमा रहेकी लाक्पा फुटीसँग देशसञ्चार चौतारीका क्रममा हामीले गहिरो र रोचक अन्तर्क्रिया गर्यौँ यसपटक।
लाक्पा फुटी पर्वतारोहण क्षेत्रको व्यवसायिक र शैक्षिक प्रगतिमा लागेकी छन्। सँगै उनले हिमालसँग आफ्नो सम्बन्धबारे किताब पनि लेखेकी छन्।
‘हिमालमा ४० वर्ष’ शीर्षकमा उनले लेखेको किताबको अंग्रेजी अनुवाद पनि आइसकेको छ। ‘मेराे अंग्रेजी किताब राजा चार्ल्सलाई पठाउँदा उनले राम्रो लाग्यो भनी मलाई चिठी लेखेका थिए,’ उनले उत्साहित हुँदै देशसञ्चार चौतारीका क्रममा भनिन्।
युरोपमा हिमालमा स्की खेलेको पनि अनुभव बटुलेकी लाक्पा फुटी नेपालमा पनि स्की खेलको सम्भावना रहेको उजागर गर्छिन्।
कुनै समय पढ्न नपाएर दुख पाएको अनुभव बटुलेकी लाक्पा फुटीले शिक्षा क्षेत्रमा पनि लामो काम गरेकी छन्। बाल्यकालमा पढ्न नपाएको अनुभव लिएकी लाक्पा फुटीले पछि नेदरल्यान्डबाट एमए पूरा गरेकी थिइन्।
उनै लाक्पा फुटी शेर्पासँग गरिएको देशसञ्चार चौतारीको पूरा भाग: