
काठमाडौं- विश्वकप लिग-२ अन्तर्गत क्यानडा सिरिजको अन्तिम खेलमा नेपाल र ओमानबिचको खेल वर्षाका कारण टसमा ढिलाइ भएको छ। आज राति ८:४५ मा सुरु हुने खेलमा टसमा ढिलाइ भएसँगै खेलपनि केही ढिला हुन सक्ने छ।
क्यानडा भ्रमण आफ्ना प्रारम्भिक तीन खेल गुमाएर दबाबमा परेको नेपाल कम्तिमा अन्तिम खेल जित्दै २ अंक तालिकामा थप्न चाहन्छ।
क्यानडामा तीन खेल खेलिसकेको नेपाल घरेलु टोलीसँग दुवै खेलमा पराजित हुँदा ओमानसँग पहिलो खेलमा हारेको छ। त्यसैले ओमान विरुद्धको अन्तिम खेल जित्दै आफ्नो आलोचनालाई केही कम गर्ने प्रयासमा नेपाल रहने छ।
क्यानडा नेपालसँगको महत्त्वपूर्ण ४ अंकपछि ११ खेलबाट १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ। यद्यपि, तुलनात्मक रुपमा सहज मानिएको यो सिरिजमै नेपालले लय गुमाएसँगै बाँकी दिन झनै कठिन हुने सम्भावना बढेको छ । यसपछि अमेरिकी सिरिज खेल्ने तयारीमा रहेको नेपालले त्यहाँ स्कटल्यान्ड र अमेरिका समिलित सिरिजमा प्रतिस्पर्धा गर्नेछ।