
वीरगञ्ज – कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौररिसयाले मधेसमा चुनाव गर्ने अवस्था नभएको बेलामा स्थानीय तहको संख्या बढाएर कांग्रेसले चुनाव गराएको बताएका छन्।
बुधबार नेपाली कांग्रेस पर्साको नव निर्मित पार्टी कार्यालय उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसकै नेतृत्वमा दशेमा तीनै तहको चुनाव भएको जानकारी दिए।
लोकतन्त्रमाथि पटक पटक आक्रमण भएको बेलामा नेपाली कांग्रेसले नेतृत्वदायी आन्दोलन गरेको मन्त्री चौरसियाले बताए।कांग्रेस माथि जति प्रहार भए पनि कांग्रेस अझै बलियो भएर निस्किने दाबी उनको थियो।
लोकतन्त्रको स्थापनाको लागि पचासौै बर्ष सँघर्ष गरेको पार्टी भएको तथा थुप्रै आन्दोलन काग्रैसकै नेताको नेतृत्वमा भएको मन्त्री चौरसियाको दाबी थियो। पार्टीका नेता कार्यकर्ताको बीचमा आपसी समन्वय भए तीनै तहमा कांग्रेस सश्क्त भएर स्थापित हुने उनले बताए।
पर्सा जिल्लामा कांग्रेसले गरेको राम्रा काम मध्ये सबै भन्दा राम्रो काम पार्टी कार्यालय भवन निर्माण र उदघाटन भएको पनि चौरसियाको भनाइ थियो । आपसी मनमुटााव बिर्सेर अनुससशति भई आजकै दिनदेखि पर्सा कांग्रेसका नेता कार्यकर्तासित उनले आग्रहसमेत गरेका थिए। कांग्रेस पार्टी कार्यालय भवनको सभाति शेरबहादुर देउवाले उदघाटन गरेका थिए।