
संयुक्त राज्य अमेरिका र युके तथा इयूले इजरायल र हिजबुल्लाह बीचको युद्धमा अस्थायी युद्ध विरामको प्रस्ताव गरेका छन्। पछिल्ला दिनमा तीव्र युद्ध हुँदा सयौं मानिसले ज्यान गुमाउँदा हजारौं घाइते भएका छन्।
११ देशको समूहले तत्काल २१ दिनको युद्धविराम प्रस्ताव गरेको बीबीसीले जनाएको छ। ती देशले कूटनीतिक समाधानको प्रयासका लागि अस्थायी युद्धविराम गर्नुपर्ने बताएका छन्। युद्धको आक्रान्त बनेको गाजामा युद्धविराम गर्न उनीहरुको आग्रह छ।
एक संयुक्त वक्तव्यमा उनीहरूले द्वन्द्वलाई ‘असह्य’ भन्दै यसले क्षेत्रीय स्तरमा व्यापक तनावको अवस्था सिर्जना भएको भन्दै यो अस्वीकार्य रहेको बताए। उनीहरुले यो युद्ध न त इजरायलका जनताको हितमा न त लेबनानका जनताको हितमा भएको बताए।
लेफ्टिनेन्ट जनरल हालेवी पछिल्ला टिप्पणीहरूबाट उच्च अधिकारीले लेबनानमा जमीनी आक्रमणको सम्भावनालाई नजिक्याएको भन्दै यसले युद्ध झनै भयानक हुन सक्ने जोखिम देखिएको बताए।
संयुक्त वक्तव्यमा अमेरिकाका राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले नागरिकहरूले आफ्नो घर फर्कन पाउने गरी सुरक्षा र सुरक्षित अवस्थाको सुनिश्चितता गर्नका लागि समेत आह्वान गरे।
विज्ञप्तीमा भनिएको छ,’वर्तमान द्वन्द्वले व्यापक रुपमा नागरिकहरूलाई हानी पुर्याउने जोखिम देखिएको छ।’ युद्धलाई कूटनीति मार्फत किनारा लगाउनु पर्ने आवश्यकता महसुस गर्न जरुरी रहेको उनीहरुको विज्ञप्तीमा जनाइएको छ।
राष्ट्रपति बाइडेनले बुधबार साँझ ह्वाइट हाउसमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै युद्धविरामका लागि युरोप र अरब राष्ट्रहरूबाट ठूलो समर्थन प्राप्त भएको बताए। यो महत्त्वपूर्ण छ कि युद्ध व्यापक र क्षेत्रीय नबनोस्।
यसअघि, न्यूयोर्कमा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले तुरुन्तै युद्धविरामको आह्वान गर्दै नर्कको बाटो नखोल्न आग्रह गरेका थिए।
लेबनानी प्रधानमन्त्री नजीब मिकातीले पनि इजरायली शत्रुको क्रूर कार्यहरूबाट सार्वभौमसत्ता र मानव अधिकारहरूको स्पष्ट उल्लंघन भइरहेको भन्दै विश्व समुदायको ध्यानआकर्षण गरेका थिए।
उनले भने ‘सबै मोर्चाहरूमा तुरुन्तै युद्धविराम गराउन इजरायलमाथि दबाब दिन गम्भीर हुन संयुक्त राष्ट्रसंघ र विश्व समुदायलाई आग्रह गर्छु।’