
काठमाडौं- क्यानडा भ्रमणमा रहेको नेपालले टी-२० त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। तेस्रो खेलमा घरेलु टोली क्यानडाले टस जितेर नेपाललाइ ब्याटिङको निम्तो दिएको छ।
क्यानडा स्थित किंग सिटीमा भएको टसमा घरेलु टोली क्यानडाका कप्तान निकोलस किर्तोनले जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्।
नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ। देव खनाल र रिजन ढकाल बेन्चमा रहँदा सोमपाल कामी र ललित राजवंशी आज प्लेइङ ११ मा अटाएका छन्।
नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो।