पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण वृद्धि

पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण वृद्धि
+
-

पाकिस्तान – पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ। यसले पोलियो रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयासमा चुनौती खडा भएको छ।

सेप्टेम्बर ३० मा विश्व स्वास्थ्य सङ्गठनले अफगानिस्तान र पाकिस्तानमा पोलियो सङ्क्रमितका विरामीहरू बढ्दै गएको भन्दै नियन्त्रणका थप उपाय अवलम्बन गर्न चेतावनी दिएको थियो।

खामा प्रेसका अनुसार कान्दाहार प्रान्तमा दुई र अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक जनामा सङ्क्रमणको रिपोर्ट गरिएको छ।

अफगानिस्तानमा तालिबान शासनद्वारा खोप प्रतिबन्धपछि पोलियो सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ।

डब्ल्यूएचओले पाकिस्तानमा तीनवटा नयाँ पोलियो सङ्क्रमित भेटिएको पुष्टि गरेको छ भने देशभर यसको सङ्ख्या २६ पुगेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्नायु प्रणालीमा आक्रमण गर्ने अत्यधिक सङ्क्रामक पोलियो भाइरसका कारण पोलियो रोगको लाग्छ। यो व्यक्ति–व्यक्तिको सम्पर्क वा दूषित खाना वा पानी उपभोगबाट फैलिन्छ। यो भाइरस मल–मुत्र वा संक्रमित व्यक्तिको घाँटीबाट निस्कने थोपाबाट सर्छ।

पोलियो सङ्क्रमितमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, थकान महसुस हुने र हातखुट्टा दुख्नेजस्ता लक्षण देखिन्छन्। पोलियो खोप लगाएर पोलियोबाट बच्न सकिन्छ भने यसले बच्चालाई जीवनभर जोगाउन सक्छ।

खामा प्रेसले सार्वजनिक गरेको तथ्याङ् अनुसार यस वर्षको सुरुदेखि नै अफगानिस्तानमा २० भन्दा बढी र पाकिस्तानमा २४ वटा पोलियोका घटनाहरू रेकर्ड भइसकेका छन्।

यसअघि, डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा अहमद अल–मन्धारीले ‘अफगानिस्तान र पाकिस्तानले मिलेर काम गर्नुपर्ने उल्लेख गरेका थिए।

यद्यपि, प्रयासहरू कम भई सीमाको वरिपरि तनावले अफगानिस्तान र पाकिस्तान दुवैमा रोगविरूद्धको चिकित्सकीय हस्तक्षेप र प्रयासहरूलाई ओझेलमा पारेको छ।

युनिसेफ र डब्ल्यूएचओजस्ता विभिन्न संस्थाहरूको नेतृत्वमा विश्वव्यापी पोलियो उन्मूलन प्रयासले पोलियो सङ्क्रमणका घटनामा उल्लेखनीय सुधार भने आएको छ। यद्यपि, पाकिस्तान र अफगानिस्तानमा अहिले पनि एउटै क्षेत्र वा समुदायभित्र पोलियोको सङ्क्रमण दोहोरिने र सङ्क्रमितका घटनामा वृद्धि हुने क्रम जारी रहेको पाइन्छ। रासस/एएनआई

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?