
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीलाई जनही ८ लाख रुपैंया दिने निर्णय गरेको छ।
एन्फा कार्यसमितिको आइतबार बसेको आपतकालीन बैठकले निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले २ लाख रुपैंया बराबरको अक्षयकोष खोल्ने र अन्य ब्यक्ति तथा संस्थालाई समेत अक्षयकोषमा रकम राख्नका लागि आह्वान गर्ने निर्णय गरेको छ।
साथै फिफा र एएफसीमा पनि थप राहतको लागि अपिल गर्ने पनि एन्फाले जनाएको छ। आसोज ११ गते मकावनपुर जिल्ला इन्द्रसरोवर गाँउपालिका वडा नं. ३ स्थित एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योन्जनको पहिरोमा परि मृत्यु भएको थियो।
भर्चुअल रुपमा बसेको बैठकले घटनाको अध्ययन समिति पनि गठन गरेको छ। तीन सदस्यीय समितिमा एन्फा केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको संयोजकत्वमा एन्फा सहायक महासचिव दामोदर भट्टराई (बद्री) र एन्फा केन्द्रिय सदस्य टिका राम लामा रहेका छन्।
यस्तो छ एन्फा बैठकको निर्णय