दुर्गा प्रसाईंका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु, नाकामा शव राखेर प्रदर्शन

दुर्गा प्रसाईंका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु, नाकामा शव राखेर प्रदर्शन
+
-

झापा- बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका समर्थकको आगजनीमा परेका भारतीय ट्रक चालकको मृत्यु भएको छ।

गत असोज ७ गते बिहान बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेट नजिक पूर्वपश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट पुर्याएर पूर्वतर्फ आउँदै गरेको भारतीय ट्रकमा दुर्गा प्रसाईका समर्थकले आगजनी गरेका थिए। उनीहरु आगजनी गरी फरार भएका थिए।

आगलागीबाट ट्रकका चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा राय घाइते भएका थिए। उनलाई उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भइरहेकोमा गए राति मृत्यु भएको हो।

उनका आफन्तहरूले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाकामा अवरोध गरेका थिए। उनीहरूले साँझ ५.३५ देखि ६ बजेसम्म नाकामा अवरोध पुर्याएका थिए।

भारतीय प्रहरीले नेपाल प्रहरीसंग सहजीकरण गरी साँझ ६.३० बजे मृतकको शव नेपाल ल्याइएको छ। शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगजनी गर्ने दुर्गा प्रसाईका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरुमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?