‘प्रसूति तथा स्त्री रोग अस्पतालमा दसैँ–तिहार बिदामा पनि उपचार हुन्छ’

‘प्रसूति तथा स्त्री रोग अस्पतालमा दसैँ–तिहार बिदामा पनि उपचार हुन्छ’
+
-

काठमाडाैँ – काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि विरामीको उपचार सेवा सुचारु हुने जनाएको छ।

सोमबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै अस्पतालका निर्देशक डा‍. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरुले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पारेका हुन्। दशैँ, तिहारलगायत चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरुमा पनि हुने गर्छ।

ती बिदाका दिनमा पनि आफूहरुले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताए।

उनले सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै बिरामीहरुको उपचार हुने भएकाले त्यस्ता बिरामीहरुले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताए।

अस्पतालले दशैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिने गर्छ। तर ती सार्वजनिक बिदाको दिनमा ओपीडी सेवा बन्द भए पनि सबै बिरामीको उपचार इमर्जेन्सी सेवाबाट हुने गरी २४ घण्टा नै चिकित्सकहरु परिचालित हुने निर्देशक अधिकारीले बताए।

दशैँको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रिको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ। त्यसबाहेका अन्य सार्वजनिक विदाहरुमा आधा दिन अस्पतालले बिरामीहरुका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ। निर्देशक डा. अधिकारीले विदाको दिनमा पनि करिव १२ जना चिकित्सकहरुको समूह २४ घण्टानै उपचारका लागि परिचालन हुने गरेको बताए।

अस्पतालमा हाल गर्भवती महिलाको चाप बढेको छ। असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिव २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा. अधिकारीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?