ओली संविधान खारेजीको अभ्यासमा: प्रचण्ड

ओली संविधान खारेजीको अभ्यासमा: प्रचण्ड
+
-

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरण संविधान खारेजीको खेलमा लागेको आक्षेप लगाएका छन्।

बुधबार बिहान सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो आशंका व्यक्त गर्दै खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आरोप लगाएका हुन्।

संविधान संशोधनका नाममा संविधान खारेजीको अभ्यासमा एमाले तथा ओली लागेको आरोपलाई पुष्टि गर्न प्रस्तुत उदाहरण दिँदै उनले भने, ‘समावेशिता, समानुपातिकता, संघीयता उनलाई मन परेकै छैन। र गणतन्त्र पनि त्यति मन परेको छैन भन्ने कुरा बयलगाढा अभिव्यक्तिबाटै उनले स्पष्ट पारिसकेका छन्।’

तस्बिर: वर्षा शाह/देश सञ्चार

२०६२/६३ को आन्दोलनमा ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भन्ने अभिव्यक्ति दिएका ओलीप्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘उहाँहरू यो संविधानमा माओवादीको अनुहार देख्नुहुन्छ र यस्को खारेजी चाहनुहुन्छ।’

समस्या र आवश्यकता संविधान संशोधनको होइन, आवश्यकता संविधान कार्यान्वयनको हो भन्दै प्रचण्डले पटक/पटक सदन विघटन गरेर ओलीले सदनलाई नभएर संविधान र व्यवस्थाकै खारेजीको पूर्वाभ्यास गरेको आरोप पनि लगाए।

संविधान संशोधन आफूखुशी गरेमा यस्ले मुलुकलाई राजनीतिक भुमरीमा पार्ने चेतावनी दिँदै उनले यो संविधान बृहत शान्ति सम्झौताको एउटा हिस्सा भएकाले जीवित हस्ताक्षरकर्ता (प्रचण्ड स्वयं) लाई बेवास्ता गरी एकपक्षीय निर्णय नगर्न उनले सरकारसँग आग्रह गरे।

ओलीलाई झूठ र अनैतिक राजनीति गरेको आरोप पनि उनले लगाए। स्वर्ग र नर्क सँगै जाने ओलीले व्यक्त गरी आफूलाई ढाँटेको र समानान्तररुपमा नेपाली काँग्रेससँग मिलेर सरकार बनाउने अभ्यासमा लागेको प्रसंग दोहोर्याउँदै उनले थपे, ‘मैले त्यस दिन तीन पटक प्रधानमन्त्री बन्ने मन भए म राजीनामा गर्छु भनेको थिएँ।’

तस्बिर: वर्षा शाह/देश सञ्चार

नेपालको राजनीतिमा ऐतिहासिक रुपमा नै बाहिरी चलखेल र हस्तक्षेप हुने गरेको दावी गर्दै उनले माओवादी केन्द्रलाई फुटाउन अहिले त्यो चलखेल भइरहेको बताए। त्यो अभिब्यक्तिसँगै उनले हाल प्रतिपक्षमा रहेको माओवादी र आफ्नो भूमिका अझै बढेकाले नेतृत्वबाट नबाहिरिने घोषणा पनि गरे।

मुलुकमा ब्याप्त बाढी र पहिरो तथा प्राकृतिक परिस्थितिको गाम्भिर्यता अनुकूल सरकार जनतासमक्ष उपस्थित हुन नसकेको आरोप पनि उनले लगाए। तर, यो संकटको अवस्थामा आफ्ना प्राथमिकता आलोचना भन्दा सहयोग र सहकार्यमा केन्द्रित हुने प्रतिवद्धता पनि उनले जनाए।

पूर्व राजा ज्ञानेन्द्र शाहको भुटान भ्रमण आन्तरिक संकटकै अभिब्यक्ति भएको र भुटानमा शाहले पाएको स्वागत संकटकै निरन्तरता रहेको विश्लेषण गर्दै  प्रचण्डले भने, ‘तर नेपालमा राजा फर्कने संभावना म देख्दिन्।’

प्रचण्डले थपे ‘दुनियामा केही त्यस्ता अपवाद भएका होलान, म वर्तमान राजा र उनको परिवारका कारण पनि  नेपालमा त्यस्तो सम्भावना देख्दिन।’

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’