इटहरी उपमहानगरले १३ हजार जनाको गरायो निःशुल्क आँखा परीक्षण

इटहरी उपमहानगरले १३ हजार जनाको गरायो निःशुल्क आँखा परीक्षण
+
-

इनरुवा (सुनसरी)- सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ ।

अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिए ।

अस्पतालले कोसी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा र मधेस प्रदेशका सप्तरीमा शिविरको आयोजना गरेर निःशुल्क आँखाका रोगीको निःशुल्क उपचार गरेको उनले बताए।

अस्पतालले विभिन्न ठाउँमा आयोजना गरेको शिविरमा न्यून आय भएका र वृद्धवृद्धा भएका १३ हजार पाँच सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको डा गौतमले बताए ।

अस्पतालले आर्थिक वर्ष २०७९/८० मा एक सय ६३ ठाउँमा आयोजना गरेको शिविरमा आएका वृद्धवृद्धा र न्यून आय भएका बिरामीको उपचार गरेको उनले जानकारी दिए।

शिविरमा मोतियाबिन्दु देखिएका चार सय ३७ जनाको निःशुल्क शल्यक्रियासमेत गरिएको उनले बताए । अस्पतालले सोही अवधिमा कोसी प्रदेशका ५० विद्यालयमा निःशुल्क आँखा परीक्षण गरेको उनको भनाइ छ ।

सोही अवधिमा विभिन्न विद्यालयमा गरिएको परीक्षणका क्रममा आठ सय १७ जना विद्यार्थीको आँखामा समस्या देखिएकाले उपचार गरिएको दृष्टि विज्ञ राकेश थापाले बताए ।

अस्पतालले विभिन्न स्थानमा निःशुल्क शिविरको आयोजना गर्दै आएको छ । आँखाको समस्यालाई अन्त्य गर्न आँखाको निःशुल्क उपचार गरेको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?