देशसञ्चार चौतारीको यसपटकको अंकमा खासगरी गद्यमा हात चलाउने साहित्यकार कृष्ण धराबासीलाई हामीले ल्यायौँ। आधा शताब्दीदेखि साहित्य सिर्जनामा क्रियाशील धराबासीले उमेरको ६५ औँ वर्षमा यात्रारत छँदा आफ्नो ३१ औँ किताब ‘अर्धकट्टी’ सार्वजनिक गरेका छन्।
देशसञ्चारको न्यूजरुममा सहकर्मीहरुसँग डेढ घन्टाभन्दा लामो समय भलाकुसारी गर्दा धराबासीले धेरै विषय र प्रसंग खोलेका छन्। सरल स्वभावका धराबासी पहाडमा जन्मिए, तराईमा हुर्किए, काठमाडौँमा जीवनका थुप्रै वर्ष बिताए र पछिल्लो समय अमेरिकामा समय बिताइरहेका छन्। यो लामो यात्रामा उनले थुप्रै अनुभवहरु हासिल गरे। देशसञ्चार चौतारीको यस अंकमा धराबासीले ती अनुभवहरु बाँडेका छन्।
‘शरणार्थी’जस्तो चर्चित उपन्यास सिर्जना गरेपछि धराबासीको ‘राधा’ले २०६२ सालको मदन पुरस्कार नै हासिल गर्यो। उनको आत्मकथा आधा बाटो, पाण्डुलिपी र अर्धकट्टी हुँदै तेस्रो संस्करणसम्म आइपुगेको छ। चौथो संस्करण पनि निकाल्ने योजना छ, धराबासीले अन्तक्रियाका क्रममा भने।
उनले रहरले अमेरिका गएको नभई परिस्थितिले आफूलाई त्यहाँ पुर्याएको उनले बताए। उनले हामीसँग अमेरिकामा युवाको लर्को रोक्ने हो भने सरकारलाई केही टिप्स पनि दिएका छन्। विदेशमा रहेका नेपालीले पनि निकै साहित्य सिर्जना गरिरहेकाे उनले बताए। लेखक नरोएको कथा पढेर पाठक पनि नरूने उनले बताए।
देशसञ्चार चौतारीको पूर्ण अंशः