गोल गर्न नसक्दा निरास बने रोनाल्डो, बराबरीमा रोकियो पोर्चुगल

गोल गर्न नसक्दा निरास बने रोनाल्डो, बराबरीमा रोकियो पोर्चुगल
+
-

नेशन्स लिग फुटबलअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा गोल गर्न नसक्दा रोनाल्डो निरास बनेका छन्। पोर्चुगललाई गोलरहित बराबरीमा रोकेको स्कटल्यान्डले एक अंक सुनिश्चित गर्दै आफ्नो नाममा बन्न लागेको खराब रेकर्डको कीर्तिमानबाट बचेको छ।

क्रिस्टियानो रोनाल्डो भने आफ्नो २०० औं अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलको तर्फबाट १३४ औं गोल गर्ने प्रयासमा निरास बने। उनले गोलका केही उत्कृष्ट अवसर चुकाए। घरेलु गोलरक्षक क्रेग गोर्डन र उनको डिफेन्स लाइनले पोर्चुगलको रक्षापंक्तिलाई कडा चुनौती दिएको थियो।

यो बराबरीको नतिजाले स्टिभ क्लार्कको टोलीलाई केही राहत मिलेको छ। पछिल्ला १६ खेलहरूमा केवल एक खेलमात्र जितेको स्कटल्यान्डले लगातार संभावित ६ खेलको हारको कीर्तिमानबाट बचेको छ। सुरुवातमा गोलको अवसर पाएपनि गोल गर्नबाट चुकेको थियो।

गत महिना लिस्बनमा भएको खेलमा पोर्चुगललाई २-१ को जीतमा अन्तिम समयमा निर्णायक गोल गरेका रोनाल्डोले यो खेलमा भने सिमित अवसरमा गोल गर्न सकेनन्।

अन्य खेलमा पोल्यान्ड र क्रोएसियाले ३-३ गोलको बराबरी खेल्दा कोसोभोले साइप्रसलाई ३-० ले हरायो। त्यस्तै रोमानियाले लिथुनियालाई २-१ ले हराउँदा बेलारुस र लक्जेम्बर्गले १-१ गोलको बराबरी खेले।

त्यस्तै, नर्दन आयरल्यान्डले बुल्गेरियालाई ५-० ले हराउँदा स्पेनले सर्वियालाई ३-० ले पराजित गर्‍यो। त्यस्ते स्विट्जरल्यान्ड र डेनमार्कले २-२ गोलको बराबरी खेले।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?