अर्जेन्टिनाको जितमा मेसीको ह्याट्रिक

अर्जेन्टिनाको जितमा मेसीको ह्याट्रिक
+
-

मेसी नायक बन्दा विश्वकप छनोटअन्तर्गत बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले रवाफिलो जित निकालेको छ। आफ्नो १० औं खेलमा अर्जेन्टिनाले बोलीभियालाई ६-० ले पराजित गरेको हो। विश्वचर्चित स्टार लियोनेल मेसीले अर्जेन्टिनाले गरेको ६ मध्ये ५ गोलमा आफ्नो प्रत्यक्ष योगदान दिए।

खेलको १९ औं मिनेटमा बोलिभियाको डिफेन्डर मार्सेलो सुआरेजको गल्तीमा लियोनेले मेसीले टिमका लागि पहिलो गोल गरेका थिए। ४३ औं मिनेटमा मेसीको पासमा लौटेरो मार्टिनेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।

पहिलो हाफमै ३-० को अग्रता बनाउने क्रममा मेसीलेनै दिएको असिस्टमा जुलियन अल्भारेजले गोल गर्दा अर्जेन्टिनाले सहज अग्रता बनाएको थियो।

दोस्रो हाफमा पनि अर्जेन्टिनाले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दियो। थिएगो अलमाडाले ६९ औ मिनेटमा चौंथो गोल गर्दा खेलको अन्तिम समयमा लगातार दुई गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरेका थिए। उनले ८४ औं मिनेटमा एक्जिक्विल पालिसियोको पासलाई सदुपयोग गर्दै दोस्रो गोल गर्दा निकोलस मार्टिनेजको पासलाई सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे भने टिमलाई ६-० को सानदार जित दिलाए। उनले अन्तर्राष्ट्रिय र क्लब करिअरमा गरेर ८ सय ५० गोल पूरा गरेका छन्।

जितसँगै अर्जेन्टिना अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। उसको २२ अंक भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?