निस्कासित नर्सले कहिले पाउने न्याय?

निस्कासित नर्सले कहिले पाउने न्याय?
+
-

भक्तपुर- मानव अंग प्रत्यारोपण केन्द्रमा व्याप्त श्रमशोषण रहेको भन्दै अन्त्यको मागसहित सुरु भएको नर्सहरुको संघर्ष अन्त्यका लागि स्वास्थ्य मन्त्रालयले बेवास्ता गर्दा केन्द्रमा कार्यरत अन्य नर्सहरुले समेत असुरक्षित महसुस गरेका छन्।

केन्द्रमा पाँच वर्षदेखि करारमा कार्यरत नर्स त्रजिना जतिलाई सात महिनाअघि केन्द्रले एक्कासी कामबाट निस्कासन गरेको भन्दै उनको पक्षमा सुरु भएको संघर्ष अन्त्यका लागि मन्त्रालयबाट कुनै पहल नभएपछि केन्द्रका कार्यरत अन्य नर्सहरु समेत त्रसित हुन थालेका छन्।

केन्द्रले कर्मचारी भर्नामा मनपरी गर्न थालेको विषयमा आवाज उठाउँदा आफूलाई त्यहाँबाट निस्कासन गरेको र त्यसअघि पनि १८ महिना भोलेन्टियरको रुपमा काम लगाएको जतिले दाबी गर्दै आएकी छन्। उनलाई केन्द्रले गत साउनमा एक्कासी निस्कासनको पत्र थमाएको थियो।

त्यसपछि बिनागल्ती आफू कामबाट निकालिनु परेको भन्दै जतिले केन्द्र विरुद्ध स्वास्थ्य मन्त्रालयमा उजुरी दिएकी थिइन्।

त्यसअघि केन्द्रले त्यहाँ कार्यरत प्राविधिक विकास महर्जनलाई कामबाट निकालेको र त्यहीँ कार्यरत नर्स सजना देउलाले लिखितमा नाम निकाले पनि अन्तवार्तामा फालेको जतिको दाबी छ।

केही महिनापछि आफूहरुको केन्द्रमा पुर्नवहाली हुनुपर्ने जति र देउलाको मागलाई नेपाल नर्सिङ संघले समर्थन गरेको थियो। संघले आफैँ पनि केन्द्रमा पुगेर पटकपटक अध्ययन गर्दा जति र देउलाका गुनासा पुष्टि भएको बताउँदै आएको छ।

संघको नेतृत्वमा नर्सहरुले मन्त्रालयलाई निस्कासित नर्संको पुर्नवहालीका लागि दबाब दिएका थिए। तर, माग पूरा नभएको र केन्द्रमा कार्यरत अन्य नर्सहरुले समेत असुरक्षित महसुस गरेको संघकी सदस्य दुर्गा सापकोटा बताउँछिन्। मन्त्रालयले श्रमशोषणमा परेका नर्सको विपक्षमा निर्णय गरेको र त्यो फिर्ता हुनुपर्ने उनको भनाइ छ।

मन्त्रालय नर्सिङ शाखा प्रमुख रोशनी लक्ष्मी तुईतुई संयोजकत्वको समितिले नर्सलाई पारिश्रमिक बिनाको काम निरुत्साहित गर्ने, अनुभवी कर्मचारीलाई अस्थायी र स्थायी गर्ने प्रक्रियामा प्राथमिकता दिनुपर्ने सुझाव दिएको थियो। तर, तत्कालीन स्वास्थ्य सचिव डा. किरण रेग्मीको नेतृत्वको बैठकले पुनर्वहाली गर्ने कानुनी व्यवस्था नभएकाले जतिलाई कामकाज गरेको प्रमाणित अवधिको तलब भत्ता र अन्य पाउने भए उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको थियो ।

‘केन्द्रले जतिलाई मात्रै होइन त्यहाँ कार्यरत नर्स र त्यो भन्दा तल्लो तहमा काम गर्ने महिलाको ठूलो श्रमशोषण गरेको पाइएको छ,’ सापकोटाले भनिन्, ‘सात दिन काम लगाएर तीन दिनको पारिश्रमिक दिने, दुई वर्षसम्म बिना पारिश्रमिक काम लगाइरहेको छ। महिलालाई कपडा फेर्ने र आराम गर्ने छुट्टै कोठा समेत छैन त्यहाँ।’

केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ भने आन्दोलनरत नर्सहरुले आफू र आफ्नो संस्थाको बदनाम गर्न यस्तो आरोप लगाइरहेको बताउँछन्। नर्सिङ संघले आन्दोलन चर्काउने चेतावनी दिएपछि स्वास्थ्य मन्त्रालयले आइतबारसम्म घटनाका थप अनुसन्धान गर्ने आश्वासन दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?