
लन्डन- साहित्यकार एवम् सञ्चारकर्मी डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिस (आईएएसीपी) की अध्यक्ष नियुक्त भएकी छन् ।
युनिभर्सल पिस फेडरेशन (यूपीएफ)अन्तर्गत सञ्चालनमा रहेको आईएएसीपी एउटा विश्वव्यापी सञ्जाल हो, जसले संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्यजस्ता विभिन्न कलात्मक अभिव्यक्तिमार्फत शान्ति र एकता प्रवर्द्धन गर्ने प्रतिबद्धता राख्दछ ।
डा. श्रेष्ठले आइएएसीपीको मिशनलाई अघि बढाउन कलाकारहरू, सांस्कृतिक नेताहरू र दूरदर्शी व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्नेछिन्।
नियुक्तिको बारेमा प्रतिक्रिया दिँदै युनिभर्सल पिस फेडरेशन -बेलायतका महासचिव रोबिन मार्शले भने, ‘डा. श्रेष्ठ जस्तो व्यक्तित्वको नेतृत्वमा यो महत्त्वपूर्ण पहललाई अघि बढाउन पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ । र उहाँको नेतृत्वले आउने वर्षमा पुर्याउने सकारात्मक प्रभावलाई हामी उत्सुकताका साथ पर्खिरहेका छौं।’
डा. श्रेष्ठलाई युनिभर्सल पिस फेडरेशनद्वारा सन् २०२३ डिसेम्बरमा ‘एम्बेसडर फर पिस’ अवार्डबाट लण्डनमा सम्मानित गरिएको थियो ।
युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्सँग परामर्शको काम गर्ने विश्वव्यापी संस्था हो ।
आईएएसीपीजस्ता नेटवर्क र पहलमार्फत यूपीएफ विश्वभर शान्ति, एकता रसहयोगलाई प्रवर्द्धन गर्न प्रयासरत छ ।