प्रत्येक प्रदेशमा जलनका बिरामीको निःशुल्क उपचार हुने, कुन-कुन अस्पताल तोकिए?

प्रत्येक प्रदेशमा जलनका बिरामीको निःशुल्क उपचार हुने, कुन-कुन अस्पताल तोकिए?
+
-

काठमाडौँ- आर्थिक अभावमा जलनबाट पीडित कसैले पनि उपचारबाट अब बञ्चित हुन नपर्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताएका छन्।

उनले जलनका बिरामीका लागि विभिन्न अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिएका छन्।

यसअघि उपचार भइरहेको कीर्तिपुर अस्पताल तथा वीर अस्पतालमा जलन वार्डसँगै अब प्रदेशमा एउटा अस्पतालमा जलनका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले बताएका छन्।

कोशी प्रदेशका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशका लागि नारायणी अस्पताल वीरगञ्ज, गण्डकी प्रदेशका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशका लागि भेरी अस्पताल नेपालगन्ज, कर्णाली प्रदेशका लागि सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा जलनका बिरामीको निःशुल्क उपचार हुने स्वास्थ्यमन्त्री पौडेलले बताए।

आर्थिक अभावमा कैयौंले पाएको असह्य पीडा र सास्ती अन्त्य गर्न यो कदम महत्वपूर्ण हुने मन्त्री पौडेलले विश्वास व्यक्त गरेका छन्।

यसको पूर्ण कार्यन्वयनका निम्ति सबैको सहयोगको अपेक्षा उनले गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?