नसर्ने रोग र यौन दुर्व्यवहार जोखिम रोकथामबारे शिक्षक प्रशिक्षक तालिम आयोजना

नसर्ने रोग र यौन दुर्व्यवहार जोखिम रोकथामबारे शिक्षक प्रशिक्षक तालिम आयोजना
+
-

काठमाडौँ- ललितपुर महानगरपालिकाका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि नसर्ने रोगका विषयमा जानकारी दिने उद्धेश्यले चार दिने शिक्षक प्रशिक्षक तालिम आयोजना गरिएको छ।

विद्यार्थीहरूमा नसर्ने रोग र यौन दुर्व्यवहारका जोखिम न्यूनीकरण तथा रोकथामका लागि शिक्षक शिक्षिकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको हो।

मुटुरोग, दीर्घ खोकी, दम, क्यान्सर, मधुमेह, मृगौला रोग जस्ता प्राणघातक नसर्ने रोगका पाँच प्रारम्भिक जोखिमहरू सुर्तिजन्य पदार्थको सेवन, मदिरापान, पत्रु खानपान, मानसिक तनाव र शारीरिक निष्क्रियताका बारेमा तालिमा जानकारी दिइएको थियो।

समाजमा लुकेछिपेको व्याप्त लैंगिक असमानता र यौन दुर्व्यवहार जस्ता कुप्रथाका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउने उद्धेश्यले तालिमको आयोजना गरिएको हो।

महानगरपालिकाका सम्पूर्ण सामुदायिक स्कुलका स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला अध्यापन गर्ने शिक्षक शिक्षिकाहरुलाई अनुसन्धान प्रमाणित ‘बिशेष’ र ‘टिप्श’ शैक्षिक पाठयोजना मोड्यूलहरू प्रस्तुत गर्न सक्षम बनाउन भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले ललितपुर महानगरपालिकाको सहकार्यमा २०८१ कार्तिक ०८ गते देखि चार दिने शिक्षक प्रशिक्षक तालिम आयोजना गरेको हो।

ललितपुर महानगर अन्तर्गतका ३५ वटा सामुदायिक विद्यालयमा कक्षा ६-८ सम्म स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला अध्यापन गराउने ३५ जना र सामाजिक शिक्षा अध्यापन गराउने ३५ जना शिक्षक शिक्षिकालाई तालिम दिने लक्ष्य राखेको प्रतिष्ठानले जनाएको छ ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?