जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यकः वनमन्त्री ठकुरी

जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यकः वनमन्त्री ठकुरी
+
-

काठमाडाैँ – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले शनिवार आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले स्थानीय स्तरमा जलवायु संकटसँग जुध्न र नेपालले बढीभन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको उल्लेख गरे।

उनले जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ठ प्रमाण नेपालसँग रहेको बताए।

उनले जलवायु परिवर्तनका कारण खानेपानीका श्रोतहरु सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको बताए।

उनले भने, ‘स्थानीय स्तरमा जलवायु संकटसँग जुध्न र नेपालले बढी भन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक छ। जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ठ प्रमाणहरु छन्। जस्तै खानेपानीका श्रोतहरु सुकिरहेको अवस्था छ। कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको छ। बाढी, पहिरोलगायत जलवायुजन्य विपत्तिले निरन्तर पु¥याइरहेको क्षतिका बारेमा विभिन्न जिल्लाबाट आएका जनप्रतिनिधि, स्थानीयवासी, सञ्चारकर्मीलाई थाहा नै छ।’

मन्त्री ठकुरीले खेतीपाती र खाद्य सुरक्षा, पानीको श्रोत, पर्यटन र स्वास्थ्य लगायत समग्र अर्थतन्त्रमा जलवायु परिवर्तनका दुष्परिणामहरु देखिएको बताए। जलवायु परिवर्तनबाट परेका असरहरुको समाधानका लागि एकीकृत भइ सबैले सहकार्य गर्न आवश्यक रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?