‘नेपालमा वैद्यखाना चलाउनका लागि कानुनी बाधा छ’

‘नेपालमा वैद्यखाना चलाउनका लागि कानुनी बाधा छ’
+
-

काठमाडौँ – आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ।

धन्वन्तरी जयन्ति तथा आरोग्यता दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विभागले कानूनी अवस्थामा परिवर्तन नगर्ने हो भने नेपालमा वैद्यखाना चलाउने अवस्था नरहेको निष्कर्ष सुनाएको हो।

विभागका महानिर्देशक डा. प्रदीप केसीले अमला टिपेर आयआर्जन गर्छु भन्नेहरुलाई समेत १० ठाउँमा कर लगाएर गरिखाने अवस्था नरहेको उल्लेख गर्दै त्यसैकारण नेपालमा कुनै पनि वैद्यखाना सरकारले सञ्चालन गर्न सक्ने अवस्थामा नभएको बताए।

उनले सिंहदरबार वैद्यखानालाई सुचारु गराउन पनि सरकारले विद्यमान कानुन अवस्थामा परिवर्तन गर्नुपर्ने बताए। उनले स्वस्थ नागरिक बन्नका लागि योग र ध्यानमा जोड दिन पनि आग्रह गरे।

उनले भने, ‘पाखापखेरामा अहिले अमला पाक्न थाले। त्यसलाई ल्याउनका लागि अहिले १० ठाउँमा टयाक्स तिर्नुपर्दछ। बाँदरले खान छोडिसके त्यो अमला। त्यसलाई कसैले टिपेर बेच्छु नि, दुई पैसा कमाउँछु भन्न थाल्यो भने त्यो खालको समस्या छन्। यी चिजहरु चेन्ज भएनन् भने वैद्यखाना होइन अब जुन वैद्यखाना बने पनि सरकारले चलाउन सक्दैन। जुडिबुटी त्यस्तै भइसक्यो। आफै खेती गर्न त्यो सम्भावना नहोला। यस्तो अवस्था अन्त्य गर्न आवश्यक छ।’

विभागले आयुर्वेद मानव स्वास्थ्यका लागि अति उपयोगी भएकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पनि जनाएको छ। महानिर्देशक डा. केसीले स्वस्थ मानव बन्नका लागि आयुर्वेदको आवश्यकता र महत्व झनै बढेर गएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?