
काठमाडौैं- विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको छ। कप्तान रोहित पौडेलले टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएका हुन्। नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ। आज ललित नारायण राजवंशीको स्थानमा कुशल मल्ललाई प्लेइङ ११ मा समेटिएको छ।
जारी सिरिजमा सहभागि ८ टोलीमा नेपालले चौंथो धेरै खेल खेलेको छ। अर्थात क्यानडा र नामिबियाले ९-९ खेल खेल्दा अमेरिकाले १० तथा नेपालले ९ खेल खेलको छ। यस्तोमा नेपालको स्थान भने पुछारबाट दोस्रो स्थानमा छ। ७ खेल खेलेको युएइ २ अङ्कका साथ अङ्क तालिकाको पुछारमा रहेको छ। क्यानडा र अमेरिका क्रमश पहिलो र दोस्रो स्थानमा रहँदा नेदरल्यान्ड तेस्रो तथा स्कटल्यान्ड चौंथो स्थानमा रहेको छ।
पछिल्लो पटक यि दुई टोलीबिच २१ फेब्रअरी २०२३ मा प्रतिस्पर्धा भएको थियो। जसमा नेपालले २ विकेटको जित निकालेको थियो। भने त्यसअघि १७ फेब्रुअरीमा पनि नेपालले जित हासिल गरेको थियो। विश्वकप लिग-२ मै भिडेका यि दुई टोली पुन एकपटक सोहि प्रतियोगिताको नयाँ संस्करणमा भिड्न लागेका हुन्।