
वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकास्थित पोखरीको डिलमा एक किशोरीको शब भेटिएको छ।शनिबार बिहान बहुदरमाई नगरपालिका–८ रामनगरी टोलस्थित पोखरीको डिलमा किशोरीको शब भेटिएको हो।
मृतक किशोरी सोही स्थान बस्ने १७ बर्षीय निजमा सहनीको रहेको प्रहरीले जानकारी दिएको छ। शब भेटिएको सूचना प्राप्त हुनासाथ घटनास्थलमा ईलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर शब नियन्त्रणमा लिई पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाएको छ।
किशोरीको मृत्यु कसरी भयो भन्नेबारे खुल्न बाँकी रहेको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पोखरियाले जानकारी दिएको छ।