सिकलसेलको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने

सिकलसेलको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने
+
-

काठमाडौँ – सरकारले सिकलसेलको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गर्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको उक्त रोगको उपचारका लागि छुट्टै वार्डको स्थापना गरिने निर्णय गरेका हुन्। मन्त्री स्तरीय निर्णयअनुसार भेरी अस्पतालमा ‘हेमोग्लोविनोप्याथी’ वार्ड स्थापना हुने भएको हो। 

थारु बहुल क्षेत्र र समुदायलाई पायकपर्ने गरी उक्त अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट उक्त समुदायका करिब १२ प्रतिशत नागरिक प्रभावित भएको मन्त्रालयको आँकलन छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत भू–भागमा बसोबास गर्ने थारु समुदायका नागरिक सिकलसेल एनिमियाबाट बढी प्रभावित भएको पाइएको छ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाबमोजिम हाल सरकारले यस रोगको उपचारका लागि रु एक लाखसम्म निःशुल्क खर्चको व्यवस्था गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?