भ्रष्टाचारमा मुछिएका कांग्रेसलगायत सबै पार्टीका नेताहरूमाथि कारबाही हुनुपर्छः कांग्रेस नेता शाही

भ्रष्टाचारमा मुछिएका कांग्रेसलगायत सबै पार्टीका नेताहरूमाथि कारबाही हुनुपर्छः कांग्रेस नेता शाही
+
-

झापा – सहकारी ठगी तथा अन्य भ्रष्टाचारका घटनामा नाम मुछिएका आफ्नै पार्टीका नेतालाई कारबाही हुनुपर्ने भन्दै नेपाली कांग्रेसका युवा नेताहरूले दबाब दिन थालेका छन्।

पार्टीभित्र मात्र होइन, उनीहरूले अभियान नै चलाएर त्यस्ता मुद्दालाई अगाडि बढाइरहेका हुन्। नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाही नेतृत्वको टोलीले ‘मेचीनगरदेखि महेन्द्रनगरसम्म’ युवा संकल्प अभियानको थालनी गरेका हुन्।

शुक्रबार झापाको मेचीनगरस्थित काँकरभिट्टामा एक कार्यक्रम गरेर कांग्रेसका युवा नेताहरूले शाहीको नेतृत्वमा अभियानको थालनी गरेका हुन्।

अभियान सुभारम्भ कार्यक्रममा कांग्रेसका जिल्ला नेतृत्वकोसमेत सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता शाहीले भ्रष्टाचारका घटनाले नेपाललाई विक्षिप्त बनाएको बताए। उनले आफ्नो पार्टी वा अन्य पार्टीका जोसुकैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए।

उनले भने, ‘जनताले दुःख गरेर सहकारीमा जम्मा गरेको पैसा खानेहरूलाई कुनै पूर्वाग्रह राखेर बचाउने कुरा आउँदैन। जनताको पैसा खानेहरू जेल जानुपर्छ। यस्तो मुद्दा कसैलाई पनि बचाउन सकिँदैन।’

उनले जुनसुकै पार्टीको नेता किन नहोस् ऊ कारबाहीको भागिदार हुनुपर्ने बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रमेश लेखकसँग भ्रष्टाचारमा नाम मुछिएकाहरूमाथि छानबिन गरी कारबाही गर्न आग्रह गरे।

उनले भने, ‘हाम्रै पार्टी सरकारमा छ। म यहाँबाट प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गर्छु कि त्यस्ता नेतालाई कारबाहीको दायरामा ल्याउनुहोस्।’

कांग्रेसका उपसभापति धनराज गुरुङलगायत केही नेताहरूको नाम पनि सहकारी ठगीमा मुछिएको छ। तर नेता शाहीले उनीहरूको नाम भने लिएनन्।

सहकारीहरूमा बचत गरेको तर भ्रष्टाचारीहरूले खाइदिएको रकम सरकारले बचतकर्ताहरूलाई फिर्ता गर्नुपर्ने उनले बताए।

शाहीको नेतृत्वमा सुरु भएको अभियान महेन्द्रनगरमा पुगेर टुंगिने बताइएको छ। अभियानमा नेपाली कांग्रेसका भातृ संगठनका सदस्यहरूको सहभागिता रहेको छ। अभियान अन्तर्गत विभिन्न स्थानमा कार्यक्रमहरू गरिने जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?