यू-१९ महिला विश्वकप छनोट: युएईद्वारा नेपाललाई १ सय २३ रनको लक्ष्य

यू-१९ महिला विश्वकप छनोट: युएईद्वारा नेपाललाई १ सय २३ रनको लक्ष्य
+
-

काठमाडौं- युएईमा जारी महिला यू-१९ टी-२० विश्वकपको एसिया क्षेत्र छनोटको आफ्नो तेस्रो खेलमा नेपाललाई युएईले जितका लागि १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनायो।

शनिबार युएईको अजमान स्थित द सेभेन स्टेडियममा युएईले टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि रिनिथा रजिथाले सर्वाधिक ४८ रन बनाउँदा लभन्या केनीले २० रन बनाइन। त्यस्तै इन्दुजा नन्दकुमारले १२ रन बनाएकी थिइन्। नेपालका लागि रिया शर्माले ३ विकेट लिंदा पुजा महतो, कृष्मा गुरुङ्ग र सिमा केसीले समान १-१ विकेट लिए।

दुवै टोलीले थाइल्याण्ड र कुवेतमाथि फराकिलो अन्तरले हराएर अपराजित रहेका छन्। त्यसैले विश्वकप छनोटमा यि दुई टोलीबिचको विजेताले बाजी मार्ने सम्भावना बलियो छ। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। दुबै टिमको यो तेस्रो खेल हो।

युएईले पनि पहिलो खेलमा कुवेतलाई १ सय ६ रन दोस्रो खेलमा थाइल्याण्डलाई ७४ रनले पराजित गर्दै राम्रो सुरुवात गरेको थियो। २९ कात्तिक सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली युएइ, कुवेत र थाइल्याण्ड सहभागि रहेका छन्। नेपालको चौथो खेल २५ कात्तिकमा थाइल्यान्डसँग खेल्ने छ।

डबल राउन्ड रोविनका आधारमा जारी प्रतियोगितामा पाँचौँ खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्दा  अन्तिम खेलमा २८ कात्तिकमा नेपालले युएईको सामना गर्ने छ। छनोटको शीर्ष टोली अर्को वर्ष मलेसियामा हुने टी-२० विश्व कपका लागि छनोट हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?