देशसञ्चार चौतारी : भाग-७०

‘बाख्रा चाँडै ब्याउँदा पनि जलवायु परिवर्तन भन्थे’

+
-

नेपालमा वातारणीय सचेतना फैलाउन अविरल लाग्दै आएका बटुकृष्ण उप्रेतीले जागिरबाट अवकास लिएकै १३ वर्ष भयो। र पनि उनले वातावरणमाथि लेख्न बोल्न छाेडेका छैनन्।

पूर्व सहसचिव तथा वातावरण अध्ययन विज्ञको रूपमा काम गरिसकेका उप्रेती राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका छन्।

करिब तीस वर्ष सरकारी सेवामा काम गरेका उप्रेती देश सञ्चार चौतारीको अतिथि भई वातावरण र जलवायु परिवर्तनको विषयमा देशसञ्चार टीमलाई आफ्नो अनुभव सुनाए।

हालका वर्षमा जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, सुख्खा र मरूभूमिकरणका कारण बढ्दै गएको खाद्यान्न संकट तथा रासायनिक पदार्थ र प्रदूषणका कारण विषाक्त हुँदै गएको वायु, भूमि र जल स्रोतको दिगो उपयोग कठिन हुँदै गएको छ। यस्तो हुनुमा जलवायु परिवर्तन हो?

पछिल्लो समय जलवायु परिवर्तनका कारण देखिएका ठूला प्राकृतिक विपत्तिलाई उदाहारण दिँदै भने, ‘यो हुनु स्वभाविक हो। किनकि हामीले भौतिक संरचना यसरी बनायौँ कि पानी जमिनले पानी सोस्न पाउँदैन। पानीको निकास खोजेनौँ। जस्तै जमिनले पानी सोस्नुपर्ने थियो तर माटो छैन। सारा कंक्रिट भयो। नख्खुमा भएको यही हो।’

वातावरणमा आएको असर र यसको न्युनीकरणका लागि राज्यले चालेको पहलकदमी विषयमा पनि उनी खुले, ‘कार्ययोजना बन्छ। स्रोत पनि जुट्छ तर कार्यन्वयन हुँदैन। वातावरण संरक्षणका लागि नेपालमा नीति, रणनीति, कानुन, मापदण्ड, कार्ययोजना, निर्देशिका तथा दिग्दर्शनको अभाव छैन। कामै नगरी यो पुगेन भनी अनुमान गर्ने चलन संस्थागत भएको छ।’

जलवायु परिवर्तनकै कारण हिमालमा हिउँ पग्लिन थालेको र काला पत्थर देखिन थालेको अवस्था छ। यो क्रम बढ्दै गयो भने हिमालको अवस्था के होला? उप्रेतीका अनुसार हिमालमा हिउँ पग्लिने क्रम भए पनि पहिले र अहिलेको अन्तर छुट्याउन नसकिएको अवस्था रहेको बताए।

‘पहिला हिउँ कति पग्लिन्थ्यो र अहिले कति पग्लिरहेको छ भन्ने मापन गर्न आवश्यक छ। यो तीस वर्षमा कति हिँउ जम्छ र कति पग्लियो यो कुरा हामीलाई थाहा छैन। हामीलाई हिउँ पग्लिएको बारे मात्र थाहा छ,’ उनले भने, ‘यो ठूलो मुख्य मुद्दा हो। साथै नेपालमा नदीहरु पनि सुक्दैछ। यसको पनि समस्या बढ्ने त होइन?’

जलवायु परिवर्तनलाई लिएर वातावरण विधेयक पनि बनेको छ। यसमा केकस्ता विचारणीय पक्ष समेटिएको छ भन्ने प्रश्नमा उप्रेतीले भने, ‘एडप्टेशन, अनुकुलन, न्युनीकरण र कार्वन व्यापर र समन्वयनको व्यवस्था छ।’

तर, कार्यन्वयन पक्ष भने कमजोर हुने गरेको बताए उनले। भने, ‘न गर्दा आफू बलियो भइयो र अर्को कुरा हाम्रो कार्यक्रम, दस्तावेज र काम गर्नेहरू सबै महत्वकांक्षी भएपछि कार्यन्वयन पक्ष कमजोर हुँदोरहेछ।’

जलवायु परिवर्तनको विषयले विकास योजना तर्जुमा चुनौतीपूर्ण रहेको उनले बताए, ‘जलवायु परिवर्तन अवश्यंमभावी छ। यसलाई हटाउन सकिन्न न्युनीकरण गर्ने हो। पहिला प्राकृतिक रूपमा हुन्थ्यो अहिले मानवीय क्रियाकलापका कारण बढेको हो।’

जलवायु परिवर्तनका लागि विश्वको ध्यान कस्तो छ भन्ने चासो पनि रह्यो।

‘जलवायु परिवर्तनसम्बन्धी महासन्धिको प्रावधानबमोजिम हरितगृह ग्यास बढी उत्सर्जन गर्ने धनी राष्ट्रले विकासशील देशलाई वित्तीय प्रवाह र प्रविधि हस्तान्तरण गर्नुपर्ने प्रावधान भएअनुरूप आर्थिक स्रोत प्रवाहका लागि जलवायु परिवर्तनसम्बन्धी विशेष कोष, अति कम विकसित देशका लागि छुट्टै कोष, अनुकूलन कोष एवं हरित जलवायु कोषको स्थापना र तिनबाट आर्थिक सहायता प्रवाह हुन थालेपछि बहुसंख्यक देशको ध्यान सबै प्रकारका विकास र वातावरणीय समस्यालाई जलवायु परिवर्तनसँग जोडी आर्थिक स्रोत जुटाउनेतर्फ आकृष्ट भएको पनि देखिन्छ,’ उनले भने, ‘प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापन र हरियाली प्रवर्द्धन गरी नागरिकको स्वच्छ र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने वातावरणीय लक्ष्य तथा जलवायु परिवर्तन अनुकूलन क्षमता अभिवृद्धि तथा प्रतिकूल प्रभावको न्युनीकरणबाट दिगो समाज निर्माणमा योगदान गर्ने जलवायु परिवर्तनको लक्ष्य छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?