
काठमाडौं- आइसिसी महिला यू-१९ विश्वकपका लागि छनोट भएको नेपाली टोलीको स्वागत गरिएको छ। बिहिवार साझ स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसीङ तथा क्यान पदाधिकारीहरुले स्वागत विमानस्थलमा स्वागत गरेका थिए।
युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यू-१९ महिला टी-२० विश्वकपको एसिया क्षेत्र छनोटको अन्तिम खेलमा घरेलु टोली युएइलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।
एसिया छनोटका ६ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो। विश्वकप सँगै नेपालले एसिया कप समेत खेल्ने छ। यू-१९ महिला क्रिकेट टोलीले विश्वकप अघि आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू-१९ महिला एसिया कप खेल्ने छ।